११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा ! रारा गोल्डकप: चर्च ब्वाइज र भुटनिज युथ फाइनलको लागि भिड्दै



अ+ अ-

पोखरा । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपअन्तर्गतको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र भुटनिज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइज र भुटनिजबीचको खेल पोखरा रंगशालामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

आजको खेलको विजेताले फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

आहा ! रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फको उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।