२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिन हतार छैनः माधव नेपाल(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको प्राथमिकतामा सरकार नरहेको बताएका छन् ।

पार्टी निकट युवा संगठनले आयोजना गरेको बधाई कार्यक्रममा पार्टी अध्यक्ष नेपालले आफूहरुको ध्यान देश र जनताको हितमा रहेको भन्दै सरकार गौण विषय रहेको बताएका हुन् । नेपालले भने, ‘सत्ता सत्ता सत्ता बाहेक केहि नदेख्ने चिन्तन हामीमा छैन । हाम्रो ध्यान देश र जनताको हितमा छ ।’

यस्तै, आफ्नो पार्टी कुनैपनि अलमलमा नपरेको बताउँदै सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउने हो त्यसपछि धारणा आउने बताए ।

‘प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला । कुराकानी हुन्छ । छलफल हुन्छ । अनि संस्थागत निर्णय हुन्छ ।’ नेपालले भने ।