२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई विश्वासको मत दिने निर्णय लिन हतार छैनः माधव नेपाल(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको प्राथमिकतामा सरकार नरहेको बताएका छन् ।

पार्टी निकट युवा संगठनले आयोजना गरेको बधाई कार्यक्रममा पार्टी अध्यक्ष नेपालले आफूहरुको ध्यान देश र जनताको हितमा रहेको भन्दै सरकार गौण विषय रहेको बताएका हुन् । नेपालले भने, ‘सत्ता सत्ता सत्ता बाहेक केहि नदेख्ने चिन्तन हामीमा छैन । हाम्रो ध्यान देश र जनताको हितमा छ ।’

यस्तै, आफ्नो पार्टी कुनैपनि अलमलमा नपरेको बताउँदै सरकारले कस्तो नीति तथा कार्यक्रम बनाउने हो त्यसपछि धारणा आउने बताए ।

‘प्रचण्डजीको अनुहार हेरेपछि समर्थन गर्ने भनिदिउँला । कुराकानी हुन्छ । छलफल हुन्छ । अनि संस्थागत निर्णय हुन्छ ।’ नेपालले भने ।