२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: काठमाडौंलाई १ सय २ रनले हराउदै लुम्बिनी पहिलो क्वालिफायरमा



अ+ अ-

काठमाडौं । राजधानीमा जारी रहेको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।

किर्तिपूरको टियू मैदानमा भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गर्दै पहिलो क्वालिफायरमा पुगेको हो । पहिलो क्वालिफायर खेल आगामी आईतबार हुनेछ ।

लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पाएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो । काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो ।

काठमाडौंको तर्फबाट बसिर अहमदले २२ रन बनाए भने कमलसिंह ऐरी १६ रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले भने समान १५/१५ रन बनाए ।

लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धहतकीय ईनिङ खेलेका थिए । यस्तै लाहिरु मिलान्थाले २९ बलमा २६ रन बनाए। गुलसन झाले २१ रन बनाए भने ह्यारी टेक्टर १७ रन जोडे । अनिल शाह १६ तथा कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३ विकेट लिए भने बसिर अहमदले २ विकेट लिए ।

नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने आठ खेलमा ४ जितर ४ हार हात पारेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

यस लिगमा ६ टोलीको सहभागिता रहेको छ ।जसमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।