५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादीका पार्टी सदस्यले एमालेमा रहन खुरुखुरु सदस्यता नवीकरण गरे हुन्छ: गोकुल बाँस्कोटा



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) का पार्टी सदस्य एमालेमा आउन मन भए सदस्यता नवीकरण गरे पुग्ने बताउनुभएको छ ।

उहाँले एक ट्विट गर्दै एमालेमा आउन चाहनेले खुरुखुरु सदस्यता नवीकरण गरे अहिलेको परिप्रेक्ष्यमा पार्टी एकताको सजिलो विधि त्यही नै हुने बताउनुभएको छ ।

सत्ता गठबन्धनमा सहभागिता र एमालेसँग एकताका विषयमा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता बाँस्कोटाले यस्ता विषयमा एकीकृत समाजवादीका पार्टी सदस्यले लम्बेचौडे कुरै गर्नु नपर्ने बताउनुभयो ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन ।जस्लाई एमालेमा रहन मन छ उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ।अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो बिधी।राम कुमारी झांक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि१ब्यर्थै कारवाहीमा परिएला है।”