६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले बर्नमाउथलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन २३ औं मिनेटमा कासेमिरो, ४९ औं मिनेटमा लुक श र ८६ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरे ।

जितसँगै युनाइटेड १७ खेलबाट ३५ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ । १८ खेलबाट १६ अंकसहित बर्नमाउथ १५ औं स्थानमा छ ।