२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक थप जटिल मोड तर्फ जान सक्छः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोड तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ । ‘अहिले मुलुकको बिधमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पुर्णकालिन नहुने तर्फ आशंका छ’ थापाले भने ।

मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा बिदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्ने तर्फ राष्ट्रबादी शक्तिहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ उर्जाका साथ अघि बढ्ने समेत बताए ।

राप्रपा नेपालले अंगिकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आबश्यक रहेको थापाको टिप्पणी थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यता पूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।