काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि कटाक्ष गरेका छन् ।
काठमाडौँमा जारी नेपाल टी–२० लिगको विवादमाथि प्रतिक्रिया जनाउँदै चन्दमाथि खनिएका हुन् । आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।
नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएका छन् ।
यसैक्रममा बाँस्कोटाले सामाजिक सञ्जालमा क्यानप्रति असन्तुष्टि जनाउँदै लेखेका छन् – र, अन्त्यमा टी-ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ।खेलाडीको विजोग,मालीक बेपत्ता बांकी खेल के हुने हो राम भरोसामा ! मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें।आज बीसको खेल नौ खेलेर बीट मारेछन।
र,अन्त्यमा-टी ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ।खेलाडीको विजोग,मालीक बेपत्ता बांकी खेल के हुने हो राम भरोसामा!मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें।आज बीसको खेल नौ खेलेर बीट मारेछन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 3, 2023