२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विवादमा बाँस्कोटाको कटाक्ष – ‘टी–ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि कटाक्ष गरेका छन् ।

काठमाडौँमा जारी नेपाल टी–२० लिगको विवादमाथि प्रतिक्रिया जनाउँदै चन्दमाथि खनिएका हुन् । आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएका छन् ।

यसैक्रममा बाँस्कोटाले सामाजिक सञ्जालमा क्यानप्रति असन्तुष्टि जनाउँदै लेखेका छन् – र, अन्त्यमा टी-ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ।खेलाडीको विजोग,मालीक बेपत्ता बांकी खेल के हुने हो राम भरोसामा ! मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें।आज बीसको खेल नौ खेलेर बीट मारेछन।