१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

राज्यको गलत नीतिले स्वास्थ्यकर्मी विदेशबाट मगाउनुपर्ने अवस्था आउनसक्छ: सांसद डा.चन्दा कार्की

राज्यको गलत नीतिले स्वास्थ्यकर्मी विदेशबाट मगाउनुपर्ने अवस्था आउनसक्छ: सांसद डा.चन्दा कार्की
अ अ+ अ-

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो ।

चौथो ठूलो दल मात्रै होइन, सत्ता समिकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो । नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि । नयाँ सरकार बनेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।

यसले जनतामा गरेका वाचा पूरा गर्न र देशलाई समृद्धिको दिशामा लैजान थप टेवा पुगेको पार्टीका सांसदहरु बताउँछन् । नयाँ सरकार गठन भएको आज ९ दिन पुगेको छ । यो बीचमा भएका केही कामबाट आम सर्वसाधारणहरु खुशी भएको पार्टीकी सांसद डा.चन्दा कार्की बताउनुहुन्छ । पार्टीलाई नयाँ अनुभवका साथै जिम्मेवारीको ठूलो अवसर आएको बताउनु भयो ।

नयाँ पार्टी, नयाँ पात्र र नयाँ परिवेशमा जनताका पक्षमा काम गरेर देखाउने हुटहुटी पार्टीका सांसदहरुलाई छ नै तर मन्त्रीपरिषद् बिस्तार गर्दा भने विषयविज्ञलाई पहिलो प्राथमिकता दिनुपर्ने अडान राजनीतिक दलहरुले नै गर्दै आइरहेका छन् । सांसद कार्कीले आफूले स्वास्थ्य क्षेत्रमा लामो समय रहेर काम गरिसकेकाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए सम्हाल्न आफू तयार रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि देशभर एम्बुलेन्स नीति ल्याउनुपर्ने, स्वास्थ्य श्रमिक ऐन बनाएर स्वास्थ्यकर्मीहरु प्रोत्साहित गर्नुपर्ने बताउनु भयो ।

प्रश्नः प्रतिनिधि सभा सदस्यको रुपमा यहाँको अनुभव कस्तो भइरहेको छ ?

उत्तरः विधायकीको अनुभव मेरो लागि एकातिर नयाँ हो भने अर्कोतिर ठूलो जिम्मेवारीको बोध भइरहेको छ । किनभने हिजो अरुलाई भनेर पुग्थ्यो भने आज आफूले गर्नुपर्नेछ । मुख्यतः जिम्मेवारीको ठूलो बोध भएको छ । यसलाई कसरी उतार्नसक्छु भन्ने लागेको छ ।

प्रश्नः हिजो सांसदहरुलाई नीति, नियमको लागि घच्घच्याउनु हुन्थ्यो, आज त्यही ठाउँमा आफू पुग्नुभएको छ, आफूले बनाउनुपर्नेछ, फरक भुमिकामा आइपुग्नु भयो होइन ?

उत्तरः हिजो भएका नीति, नियमका मातहतमा काम गरिराखेको हो । घच्घचाउने भुमिकामा त अझपनि धेरै नभएकै हो । तर के भने काम गरेर चित्त नबुझाई गएर गुनासो पोख्ने यस्तो कुराहरु गरिन्थ्यो । काम चाहीँ त्यही नीति अन्तर्गत गर्नुपथ्र्यो । कति काम हामीले द्रुत गतिमा गर्न सक्दैन थियौँ । कति बाधा, अवरोधहरु हुन्छ । उदाहरणको लागि म भन्छु, कोभिड आयो । कोभिड हाम्रो लागि नयाँ कुरा थियो ।

म काठमाडौं मेडिकल कलेजको सिईयोको नाताले र त्यहाँको एउटा हेल्थ केयर प्रोभाइडरको नाताले सबभन्दा पहिले सायद मन्त्रालयमा अप्रोच गर्ने, राति प्यानाडामिक डब्ल्युएचओले ग-यो । बिहान पुगेर चिठी लेख्ने, दौडिने म नै थिएँ । त्यतिखेर हाम्रो अस्पतालहरु एउटा टेकुको अस्पताल बाहेक सरुवा रोगको अस्पताल त थिएन । सरुवा रोग नियन्त्रण गर्ने आफ्नै विधि, विधान, आफ्नै नीति, नियम हुन्छन् ।

तर हाम्रो देशभरी सरुवा रोग अस्पताल भनेको एउटा मात्रै थियो । तर म्यानेज त सबैले गर्नुप-यो । रातारात हामीले त्यसमा भौतिक पूर्वाधार परिवर्तन गर्नेदेखि लिएर मान्छेलाई ओरियन्ट गर्नेदेखि लिएर नयाँ कुरामा कति ठूलो कुरा भयो, जुन हाम्रो नीति, नियमले केही बोलेको थिएन । भनौ न शुरुमा स्वास्थ्य मन्त्रालयले नै काम ग-यो । १५/१७ वटा नीति नियम बनायो ।

अझ प्रजनन स्वास्थ्यको त नीति नियम धेरै दिनसम्म पनि बन्न सकेको थिएन । त्यो कुरा छँदैछ । भोलिको दिनमा अरुलाई भन्नुभन्दा मैले देखेको सरकारले यस्तो काम गर्दाखेरी आज एकचोटी भोगिसकेपछि भोलिको लागि हामी तयार हुनुपर्ने थियो । त्यो तयारी आज फेरि छैन । त्यसमा चाहीँ काम गर्नुपर्छ जस्तो लाग्छ ।

नीति, नियम त यस्तो हुनुप¥यो कि तयारी हुनुप-यो । भोलि कोभिड आउँदा के हुन्छ, आज तयारी हुनुप¥यो नि त । हामीले त भोगिसकेका छौँ नि एउटा प्यानाडामिक अवस्था भोग्यौँ । त्यत्रो भुइँचालो भोग्यौँ । ठूलाठूला हवाई दुर्घटनाहरु भोग्यौँ । हामी सबैले सेवा दिएकै हो नि । भुइँचालोले तहसनहस पा¥यो । हामीले सबै ग-यौँ । कति मान्छे बिस्थापित भए । कतिको मृत्यु भयो । कति दीर्घरोगी भए तर फेरि आज हाम्रो सिकाइ भोलि प-यो भने हामी त्यहीँको त्यहीँ छौँ । त्यसकारण यस्तो चिजमा काम गर्नुपर्छ भन्ने मलाई लागेको हो । र मेरो जोड पनि यस्तो कुरामा रहन्छ ।

प्रश्नः तपाईहरु फिल्डमा काम गरिरहँदा म त्यो ठाउँमा पुगेँ भने कमजोरीहरु यहाँयहाँ छ, र यो परिवर्तन गर्नुपर्छ भन्ने त्यस्तो केही मानसिकता थियो ?

उत्तरः एकदम छ । त्यतिखेर त हाम्रो पहुँच सरकारमा थिएन । तर आफ्नो संस्थाभित्र आफ्नो सम्बन्धित व्यक्तिहरुलाई बोलाएर हामीले डिब्रिफ गरेको । मसँग अझै छ त्यो सबै डकुमेण्टहरु कि हामी यहाँ यहाँ चुक्यौँ । हामीले यो यो गर्नुपथ्र्यो भन्ने कुरा र सरकारले यो यो गर्नुपर्छ भन्नेकुरा हामीले आफ्नो लेभलमा जे थियो त्यो त्यतिखेर गरेको हो । त्यसलाई आज ठूलो रुपमा गरेर, परिमार्जन गरेर, देशको कानून, ऐन कागजमा बनाएर मात्रै हुँदैन मैले जानेको । सम्बन्धित व्यक्तिहरुलाई ओरेन्टेशन गर्नुप¥यो । बेला बेलामा तालिम गर्नुप¥यो । बेलाबेलामा घच्घच्याउनुप¥यो । त्यो काम त सरकारले नै गर्नुपर्छ नि । एउटा सिस्टमबाट गर्नुपर्छ ।

प्रश्नः हिजो जुन ठाउँमा बसेर सरकारले यो नीति बनाउनुपर्छ भनिरहनु भएको थियो, आज यहाँको दल सरकारको भुमिकामा पनि रहेको हुनाले कत्तिको सहज होला जस्तो अनुमान गर्नुभएको छ ?

उत्तरः राष्ट्रिय स्वतन्त्र पार्टीको लागि यो एउटा अवसर पनि हो । र एउटा चुनौति पनि हो । राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो वाचाहरु नगरेको भए म जस्तो मान्छे सायद जोडिँदैन थिए होला । त्यो अर्को एउटा पाटो हो । किनभने हामीलाई पनि कति कुराहरु चित्त नबुझिरहेको होला । र आफूलाई समय पनि निकाल्न मिल्ने, परिवर्तनको लहर पनि आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो वाचाहरुका साथ उदय पनि भएको अवस्थामा हामीजस्तो मान्छे पनि त्यहाँ जोडिन पुग्यौँ । नत्र हामी राजनीति गर्ने मान्छे पनि होइन । ३८ वर्ष स्वास्थ्य सेवामा बिताइयो । प्रशासनिक काम गरेर बिताइयो । सँगसँगै यसपालिको चुनावमा हाम्रो पार्टीले अहिले घमण्ड गरेर टाउको ठाडो पार्ने अवस्था पनि छैन ।

किनभने त्यो भोट हाम्रो पर्फमेन्शमा दिएको होइन । कसैले डा. चन्दालाई चिन्दैन थियो । कसैले डा. ढकाल, डा. तोसिमालाई चिन्दैनथ्यो । शिशिर खनाललाई । अर्कै हिसावले चिन्थ्यो हामीलाई चिन्नेहरुले । तर उहाँहरुले भोट चाहीँ हामीहरुलाई एउटा त अरुतिरबाट वितृष्णा भएर सायद दिनुभयो । अथवा आफूलाई मन परेको मान्छेलाई भोट हाल्न नपाएर दिनुभयो । अथवा हाम्रो सभापतिज्युको जोडदार कुराहरु सुनेर यिनीहरुले चाहीँ गर्छन् है भन्ने कुरा भयो र बालेन साहको उदयबाट पनि केही परिवर्तनको आश लाग्यो । त्यो हिसावले हामीले मत पाएको जनताको । जनताको मत मैले पाएँ भनेर फुर्किनुपर्ने अवस्था अहिले छैन ।

हामीले त्यो मतलाई सन्टेन गर्नलाई र त्यो मतलाई वृद्धि गर्नलाई काम गरेर देखाउनुपर्छ । जुन त्यति सजिलो छैन । किनभने संसदमा हामी २० जना छौँ जम्मा । गठबन्धनको सरकार छ । सत्य कुरा त्यही हो नि । लुकाउनुपर्ने कुरा केही छैन । हाम्रो भागमा कति मन्त्रालय पर्छ, कतिमा हामीले काम गर्नसक्छौँ थाहा छैन । सभामुख को हुनुहुन्छ हामीलाई थाहा छैन ।

मलाई खुशी एउटा कुरा के लाग्छ भने आज यो चुनौतिले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टीहरु र केही नयाँ पार्टीहरुको उदयले गर्दा पुरानो पार्टीहरुले पनि सोच्नुपर्ने अवस्था आयो नि । तर जनमुखि एजेण्डाहरु पास होलान् । राम्रो कानून बन्लान् । इम्प्लिमेन्टेशनमा हामीले जोड पु¥याउन सक्छौँ र परिणाम निकाल्न सक्छौँ ।

आखिर सबैको लक्ष्य भनेको त जनता नै हुन् नि त । हामी भ्रष्टाचारमा, कुशासनमा अल्मल्लिनु भएन भन्ने मात्र हो । निर्वाचन पद्धतिकै कुरा, मंसिर ४ गते चुनाव भएको आज पुस आधि कटिसक्यो अझै पनि हामी त्यही चुनावी प्रक्रिया गरिरहेका छौँ । यति लामो समय लाग्न भएन नि । अनि कहिले गर्ने त जनताको काम ? त्यसपछि हाउस हुन्छ हामी हाउसमै बस्छौँ । अनि जाने कहिले ? खालि नीति मात्रै बनाएर हुँदैन ।

नीति, नियम त पञ्चायत कालमा पनि राम्रै थियो । पछि पनि राम्रै थियो । अहिले पनि लिखितमा सबै राम्रो छ म एउटा नागरिकको हिसावले बोल्दाखेरी । तर इम्प्लिमेन्टेशन लेभलमा चाहीँ हाम्रो समस्या छ । त्यसमा हाम्रो अनुशासन हुनुपर्छ । हामी परिवर्तन हुनुपर्छ । आफ्नो स्वार्थबाट माथि उठ्नुपर्छ । हामी म सेवक हो भनेर अगाडी लागेन र म ठूलो मान्छे हो भनेर हुँदैन ।

प्रश्नः तपाईको पार्टी र अरु पार्टीहरुले मन्त्रालयगत विभाजन कसरी गर्नुपर्ला र कस्ता व्यक्ति पठाउनुपर्ला ?

उत्तरः मैले एक्लै भन्नुभन्दा पनि जति दलहरु सरकारमा आएका छन् । यो सरकार लामो समय टिकोस् भन्नेपनि हो नि । नत्रभने मध्यावधि चुनाव, सरकार असफल दश वटा कुराहरु हुन्छन् । जुन देशले धान्न सक्दैन । त्यसैले हामीले यो सरकारलाई टिकाएर लानुपर्छ । सकेसम्म पाँच वर्ष पूरा टिकाउनुपर्छ भन्ने त सोच राख्नुपर्छ । विभिन्न विचार भएका दलहरु एक ठाउँमा छन् गठबन्धन सरकारमा छन् भने सबैको कुरा सुन्नुपर्छ । कहीँ न कहीँ पार्टीगत हिसावले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि केन्द्रिय समिति छ, संसदीय दल छ ।

संसदीय दलले यो कुराको जिम्मेवारी वृहत छलफल गरेर सभापतिज्यूलाई जिम्मा लगाएर हामीले पठाएका छौँ । उहाँ आज उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ जुन हाम्रो लागि गौरवको विषय हो र केही न केही परिवर्तनहरु देखिन थालेका छन् । अझ देखिन्छन् भन्ने सोच हो । विज्ञता भएका मान्छेले त्यो जिम्मेवारी लिँदा राम्रो होला भन्ने मलाई लाग्छ ।

जस्तो कृषिसम्बन्धी मलाई दिएर त काम छैन नि । हुनत जो पनि जे पनि मन्त्रीहरु भएको अवस्था छ । तर कृषिमा मेरो तेत्रो ज्ञान नहोला नि त । जति स्वास्थ्यमा, केही हदसम्म शिक्षामा होला । बरु महिला बालबालिकामा होला । तर कृषि, पर्यटन, अर्थमा त हामी विज्ञ होइन । त्यही विज्ञलाई त राख्नुप-यो नि । हामीलाई सभापति माथि पूरै विश्वास छ ।

किनभने उहाँकै लिडरशिप, उहाँकै व्यक्तित्वले आज जनताले हामीलाई पत्याएको हो र हामी पनि यो सेवामा आउन सकेका छौँ भने त्यो हिसाबले उहाँहरुको एक अर्कामा सबैले सबैलाई भाग पु¥याउनु प-यो नि त । भागबण्डा भन्दा नराम्रो लाग्छ तर सबैले मौका पाउनुप¥यो । त्यसमा के हुन्छ मैले पनि कुर्नैपर्छ ।

प्रश्नः तपाईको दलको भागमा स्वास्थ्य मन्त्रालय प-यो भने बाहिरि नजरले हेर्दा स्वास्थ्य मन्त्रालयमा यहाँ पनि एउटा प्रवल दाबेदार देखिनुुहुन्छ, अब स्वास्थ्य मन्त्रालयमा परिवर्तन गर्नुपर्छ भन्ने त्यस्तो केही कार्ययोजना बनाउनुभएको छ ?

उत्तरः मैले कति कुराहरु सोचेको छु । किनभने मैले हेल्थ केयर सर्भिसमा ३८ वर्ष मैले सेवा गरेको छु । त्यसमा २१ वर्ष त मैले प्रशासनमा बसेर प्रशासनिक काम पनि गरेको छु । मैले काठमाडौं विश्वविद्यालयको सिनेटको मेम्बर भएर, नेपाल मेडिकल काउन्सिलको एक्ट मेम्बर भएर, नेपाल मेडिकल एशोसिएशनको साइन्टीफिक प्रोग्रामहरुको चेयर गरेर यो हिसावले केही कामहरुको मेरो अनुभव छ ।

त्यसकारणले स्वास्थ्यको जिम्मेवारी पाए भने मैले नाइ भन्ने कुरा पनि आउँदैन । म खुशीसाथ अगाडी बढेर लिन्छु । तर मैले अनुशासित भएर गर्नुपर्छ । पदको लोभले मैले गर्ने होइन तर मलाई जिम्मेवारी दिएको खण्डमा मैले गर्छु । त्यस्ता योजना, कार्यक्रमहरु धेरै छन् । टोटलमा संसदमा हे¥यो भने ६ जनाजति मेडिकल डाक्टरहरु हुनुहुन्छ ।

स्वास्थ्य मन्त्रालय पहिले पनि चिकित्सकहरुले चलाएको हो । अरुले चलाउन सक्दैन भन्ने पनि होइन । तर चिकित्सकले बुझेको हुन्छ । लामो समयको अनुभव हुन्छ । उसले सबै दुःख, पीडा बुझेको हुन्छ । संविधानले स्वास्थ्यलाई मौलिक अधिकार भनेको छ नि । तर हामीले कहाँ दिन सकेका छौँ त ? सबभन्दा ठूलो व्यवधान त त्यहीँ छ नि । स्वास्थ्य बीमालाई हामीले राम्रोसँग अगाडी लैजानुपर्छ । शुरु त भइसकेको छ तर त्यसमा अझ धेरै परिमार्जनको खाँचो छ । सायद त्यो त्यति वैज्ञानिक भएन । व्यवहारिकतामा खरो उत्रिएन । सायद मान्छेहरुसँग सल्लाह नगरिकन गरियो कि ? यसलाई धेरै राम्रोसँग हेरेर बीमालाई ठूलो सोच गरेर गर्न सकिन्छ जस्तो लाग्छ ।

एम्बुलेन्स दिने नीति हे-यो भने एम्बुलेन्स अस्पताललाई मात्र दिइन्छ । यस्तो कुराले भएन । देशलाई समग्र रुपले हे-यो भने राष्ट्रिय एम्बुलेन्स नीति ल्याउनुपर्छ र राष्ट्रिय एम्बुलेन्स सेवा दिनुपर्छ । जसले भएका एम्बुलेन्सलाई पनि एउटा छातामुनि राखेर । आफ्नो ठाउँमा स्वास्थ्य संस्था छैन भनेपनि ठाउँमा समयमा पुग्न सकोस् भनेर एम्बुलेन्सको एकदम टड्कारो देख्छु मैले ।

अर्कोकुरा जहिलेपनि चिकित्सकहरुलाई मात्र गालि गरेको देखिन्छ । चिकित्सकले मात्र गर्न सक्दैन नि । एउटा स्वास्थ्य संस्थामा भौतिक पूर्वाधारदेखि त्यहाँ हुने उपकरणदेखि लिएर, त्यहाँ हुने टेक्नोलोजीदेखि लिएर अन्य टिमवर्क हुनुपर्ने जरुरत हुन्छ । स्वास्थ्यकर्मी सबैको मनोबल घटेको छ । सबै विदेशिएका छन् । नर्स, चिकित्सकहरु सबै अमेरिका, बेलायत गएका छन् । हामी आफ्नै छोराछोरीलाई पनि यहाँ रोकेर राख्न नसक्ने अवस्था छ । बेरोजगारीको अवस्था छ । उनीहरुको सेवा, सुविधा, वृत्ति विकासको, तालिमको धेरै कुराको खाँचो छ । यसमा छुट्टै स्वास्थ्य श्रमिक ऐन बनाएर कसरी स्वास्थ्यकर्मीहरुलाई मोटिभेट गर्ने ? उनीहरुलाई रिटेन्शन गर्ने देशमा । नत्र भने कहीँ नबिक्नेहरु मात्रै यहाँ हुने भए नि त त्यसो भए त ।

त्यसैले यो महत्वपूर्ण कुरा हो यसलाई अगाडी बढाउनुपर्छ भन्ने लाग्छ । स्वास्थ्यको बजेट कम छ । केन्द्रले मात्रै हेरेर हुँदैन । कोर्डिनेशनको ठूलो कमी छ केन्द्र, प्रदेश र स्थानीय तहमा । स्वास्थ्यको बजेटमा स्थानीय तहको पनि सहभागिता हुनुपर्छ कि जस्तो लाग्छ । त्यस्तो नीतिहरु पनि हामीले राम्रोसँग ल्याउनुपर्छ कि । स्वास्थ्य सम्बन्धी अनुसन्धान हुनुप-यो । सरकारी स्वास्थ्य संस्था र निजी स्वास्थ्य संस्थाहरुको कुरा छ, हरेक प्रदेशमा एउटा वीर अस्पताल जस्तो ठूलो अस्पताल चाहियो । जसको गुणस्तर राम्रो होस् । हामीले सरकारी अस्पताललाई बलियो बनाउनुप¥यो । निजी संस्थाहरुलाई सरकारले नियमन गर्नुप¥यो ।

प्रश्नः शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व भनिन्छ, त्यो कत्तिको सम्भव असम्भव के देख्नुहुन्छ ?

उत्तरः स्वास्थ्यको कुरा मैले गरी नै हाले । यसमा बीमाले कभर गर्नुपर्छ । नत्र पैसा त कहीँ न कहीँबाट आउँछ । बीमा नै बेस्ट उपाय हो । शिक्षामा अरु शिक्षासँग धेरै म नजोडौँ मेडिकल शिक्षाको कुरा ग-यो भने चिकित्सा शिक्षामा हामीले पढुन्जेलसम्म नेपालमा केही पनि थिएन । अझै पनि हाम्रो देशमा डब्ल्युएचओको स्ट्याण्डर्ड अनुसार चिकित्सकहरु कमी छन् । त्यो पूरा भयो, क्वालिटीमा पनि नराम्रो छैन तर कस्टको कुरा धेरै वर्षदेखि उठेको हो । नेपालीहरुले धेरै पैसा तिर्नुप-यो । त्यसका पनि विभिन्न उपायहरु छन् नि ।

सरकारले पनि कति वटा कमिटी बनायो । तर त्यो कमिटीका कुराहरु लागू भएन । त्यो कमिटी अरुको जस्तै भयो । त्यसैले गुणस्तरीय शिक्षा त दिनैपर्छ । कति पैसामा विदेशीलाई ल्याएर घटाउन सकिन्छ कि, अथवा मेडिकल कलेजहरुलाई सरकारले अरु केही सुविधा दिएर त्यो कस्ट घटाउन सकिन्छ कि । पढ्ने मान्छेको कस्ट त घट्नुप¥यो । त्यसलाई कसरी घटाउन सकिन्छ भन्ने कुरामा सरकार र नीजि क्षेत्रका मान्छे बसेर पब्लिक प्राइभेट पार्टनरसिपको कुरालाई इमान्दारीपूर्वक मान्नुप-यो । मेडिकल कलेजको नियमन र अनुगमन पनि इमान्दारीतापूर्वक भयो भने मेडिकल कलेजहरुले केही नराम्रो गर्न सक्दैन ।

प्रश्नः अहिलेकै नीति रहिरह्यो भने स्वास्थ्यकर्मी विदेशबाट मगाउनुपर्ने अवस्था आउनसक्छ भनिन्छ, के हामी त्यो अवस्थामा पुग्दैछौँ ?

उत्तरः एकदम सही भन्नुभयो । खासगरी नर्सिङको, गुणस्तरको नाममा एकैचोटी ३२/३५ वटा कलेजहरु बन्द भए । तर यस्ता कुराहरु बिस्तारै गर्नुपर्छ । नर्सिङ पढ्नै पाएनन् भने फेरि कहाँबाट आउँछन् ?

एकातिर पढ्न नपाउने, अर्कोतिर भएका नर्सहरु पनि यहाँ सेवा, सुविधा कम भएर विदेश पलायन हुने । त्यो दुईवटामा आकाश जमिनको फरक छ । विदेशमा काम गर्ने र नेपालमा काम गर्ने नर्सिङहरुको । स्वास्थ्यकर्मीहरुको मोटिभेशन र रिटेन्शनको कुरा हामीले धेरै सोच्नुपर्छ । नत्र नर्सको क्राइसिस अहिले भइसक्यो ।

नर्सिङ म्यानपावर र अरु स्वास्थ्यकर्मीको । चिकित्सकहरुको प्रोडक्शन केही हदसम्म भइराखेको हुनाले बिक्ने चिकित्सकहरु विदेश जाने भए । प्रयास गरेर नपाउनेहरु मात्रै यहाँ बस्ने भए । अथवा प्रयास गर्दै गरेका हुनेभए । उनीहरुलाई रोक्ने आधार भएन । उनीहरुको मनोबल बढाउन सकिएन । स्वास्थ्यकर्मीको दरबन्दी बढाउनुप-यो । स्वास्थ्य मन्त्रालयले मात्रै गरेर पनि हुँदैन । अर्थ मन्त्रालय जोडिनुप-यो । मन्त्रालयहरुका बीचमा समन्वय गर्नुप-यो । हामीले जनताको विश्वासलाई मर्न दिँदैनौ । आफ्नो प्रयासमा कुनै कमी राख्दैनौँ । र केही न केही राम्रो काम गरेर निस्कन्छौँ भन्ने लाग्छ ।