१७ श्रावण २०८३, आईतवार
,
Latest
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतले जागिर लम्ब्याएसँगै सेनाका उपरथी शाही नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । सैनिक प्रहरी गणले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई नियन्त्रणमा लिएको छ । अदालतले सेवाअवधि एक वर्ष थपेपछि हाजिर हुन जंगी अड्डा जाने तयारीमा रहेका शाहीलाई सेनाले नियन्त्रणमा लिएको हो ।

आफ्नो पदावधि अझै एक वर्ष बाँकी रहेको दाबी गर्दै शाहीले नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरुद्ध यही पुस ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले उनको पक्षमा आदेश दिएपछि हाजिर हुन जंगी अड्डा जाने तयारीमा रहेका उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो ।

विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले उपरथी शाहीलाई ‘भित्रै बस्न’ निर्देशन भएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार अदालतको आदेश एउटा पाटो भए पनि उहाँ विरुद्ध परेका उजुरीका विषयमा छानबिन गर्न बाँकी छ ।

उपरथी शाहीमाथि ‘आर्थिक अनियमितता’ गरेको आरोप लागेको बताइएको छ । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिने शाहीको शैक्षिक प्रमाणपत्रमा दुई प्रकारको उमेर देखिएको थियो ।

सैनिक मुख्यालयको अभिलेखअनुसार यही पुस २० गते उनी अनिवार्य अवकास हुँदैछन् । अवकाशको १५ दिनअघि बिदा बस्ने परम्पराअनुसार उनी बिदामा समेत बसेका थिए । तर यही बेला सर्वोच्चले उनको सेवावधि एक वर्ष लम्बिने गरी आदेश दिएको थियो ।