काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानून समितिको हलमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।
उहाँहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपत गराउनु भएको हो । दुवै जना यसअघि शपथ कार्यक्रममा पारिवारिक कारणले अनुपस्थित हुनुभएको थियो ।