• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै ★   सास्तीमा छन् निसेलढोरवासी ★   काँग्रेस महामन्त्री शर्माको प्रश्ताव: बुढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुको लगानीमा बनाउनुपर्छ ★   भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग ★   झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक ★   मनकामना केबलकार ५० दिन बन्द हुने ★   कालीकोट को मान्मामा प्रभु बैंक को ३०५ औ शाखा सञ्चालनमा ★   मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ: सांसद मैनाली

विदेशबाट मोबाइल ल्याउन सहज बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिनुभएको छ ।

विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोमबार मात्रै अमेरिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका डीएल नेम्वाङले ल्याएको थप एउटा मोबाइल भन्सारले जफत गरेको समाचार भाइरल भएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देनशन दिनुभएको हो ।

भन्सारका कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डको यसअघिको निर्देशनबारे आफूले जानकारी गराए पनि नमानेको उनले बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको थियो । विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने निर्णय गरेको अर्थमन्त्रालयलाई उहाँले सो निर्देशन दिनुभएको थियो ।