१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट निवासमा पार्टी प्रवेश गराएका हुन् ।

यसअघि नेता प्रभु साहले उनलाई आफ्नो पार्टीको नेतामा सूचीकृत गरेका थिए । तर सांसद साहले एमाले रोजेर आफू पार्टीमा प्रवेश गरेको बताएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा साह जसपाबाट चुनाव लडेका थिए । साह एमाले प्रवेश गरेसँगै अब एमालेको प्रतिनिधिसभामा ७९ सिट पुगेको छ ।

पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहित मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरु उपस्थित थिए ।