• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी

सभामुखमा पृथ्वीसुब्बा र छविलाल आकांक्षी



काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनमा प्रतिनिधिसभाको ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद एमालेल लिने सहमति भएसँगै एमालेभित्र दुई नेताले सो पदमा दाबी गरेका छन् ।

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा सभामुखमा आकांक्षी रहेका हुन् ।

यसका लागि दुबै नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष दाबी गरिसकेको एमाले स्रोत बताउँछ । एमालेले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङमा व्यस्त छन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । तसर्थ १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारीमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

पार्टीभित्र उपाध्यक्ष सुवास नेम्वाङलाई नै सभामुख बन्न आग्रह गरेपनि चारपटक सभामुख बनिसकेका नेम्वाङले भने राष्ट्रपतिमा दाबी रहने नत्र पार्टी उपाध्यक्ष नै रहने बताइसकेका छन् ।