१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेललाई मुक्त गर्नुपर्ने माग राख्दै काठमाडौँ महानगर बाहिर प्रदर्शन



अ+ अ-

काठमाडौँ । मुक्त टुँडिखेलको माग राख्दै स्थानीयवासीले सोमबार काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने स्थानीयवासीको माग छ । नागरिकस्तरबाट सम्पदाप्रेमीहरुले ‘अकुपाई टुँडिखेल’ अभियानसमेत चलाउँदै आएका छन् । उक्त अभियानअन्तर्गत सोमबार बिहान महानगरपालिका कार्यालयअगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो ।

यसअघि पनि टुँडिखेललाई पूर्ववत् अवस्थामा फर्काउन तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो । अभियन्ताहरुका अनुसार आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर अभियानमा ऐक्यबद्धता जनाउन प्रदर्शन गरिएको हो ।