• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   बजेटबारे समीक्षा हुन आवश्यक छः अध्यक्ष ओली ★   कर्णालीको बजेट ३१ अर्ब ४१ करोड ★   अब कांग्रेसले गठबन्धन गर्दैनः महामन्त्री शर्मा ★   उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी ★   अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द ★   देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली ★   वेल्सकी राजकुमारी क्याथरिन क्यान्सर घोषणा पश्चात पहिलो पटक सार्वजनिक कार्यक्रममा सामेल हुने ★   जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा ★   पाथीभरामा जेठ महिनामा मात्रै १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन ★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन

माटोको भाँडामा पकाएको खाना स्वास्थ्यको लागि कति उत्तम ?



काठमाडौं । माटोको भाँडामा खाना पकाउने पुरानो चलन हो । तर आधुनिक बन्ने नाममा यसको मजाक बनाउने र गरिबीको प्रतिक मान्ने गर्दा यो चलन लोप नै भइसकेको छ । आदिम समयका उपलब्धिहरुलाई गलत ठान्ने प्रवृत्तिले गर्दा अहिले माटोको भाँडो पूजापाठमा मात्रै प्रयोग हुने अवस्था आएको छ । तर माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा हुने विज्ञानले समेत प्रमाणित गरेको छ ।

त्यसो त स्टिल वा अन्य धातुको भाँडा आगोको रापले छिट्टै तात्ने र खानामा भएको पोषकतत्व नष्ट गर्ने गर्छ । त्यसको तुलनामा माटोको भाँडा निक्कै कम तात्ने र बिस्तारै पाक्ने हुँदा खानाको पोषकतत्व कायम रहन्छ । यस्तै माटाका भाँडामा प्राकृतिक रुपमा नै अल्कलाइन हुने हुँदा यसले ग्यासको समस्या समेत हल गर्ने गर्छ । विशेष गरेर माटोको भाँडामा पकाएको भातले अझ बढी फाइदा पुग्छ ।

यसमा खाना पकाउँदा बहिरबाट छुँदा पोल्ने गरी तातो हुँदैन् । यसले गर्दा चामलमा हुने काब्र्स नजल्ने र शरीरमा इन्सुलिन बनाउन सहयोग गर्ने गर्छ । यसको विपरित स्टिल वा अन्य धातुमा पकाएको खानामा कार्वोहाइड्रेट जलेर साधारण काब्र्स वा स्टार्चमा परिणत गराइदिन्छ । धातु वा चिनियाँ माटोको भाँडामा पकाएको कतिपय खाद्यपदार्थ त विष समान नै हुने गरेका छन् । माटोको भाँडामा पकाएको खाना लगातार केही दिन खाएपछि आफैलाई नै यसको फाइदा बारे महसुस हुन्छ । यसले रोग प्रतिरोधी क्षमता समेत बढाउने गर्छ । (एजेन्सीको सहयोगमा)