८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको भाँडामा पकाएको खाना स्वास्थ्यको लागि कति उत्तम ?



अ+ अ-

काठमाडौं । माटोको भाँडामा खाना पकाउने पुरानो चलन हो । तर आधुनिक बन्ने नाममा यसको मजाक बनाउने र गरिबीको प्रतिक मान्ने गर्दा यो चलन लोप नै भइसकेको छ । आदिम समयका उपलब्धिहरुलाई गलत ठान्ने प्रवृत्तिले गर्दा अहिले माटोको भाँडो पूजापाठमा मात्रै प्रयोग हुने अवस्था आएको छ । तर माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा हुने विज्ञानले समेत प्रमाणित गरेको छ ।

त्यसो त स्टिल वा अन्य धातुको भाँडा आगोको रापले छिट्टै तात्ने र खानामा भएको पोषकतत्व नष्ट गर्ने गर्छ । त्यसको तुलनामा माटोको भाँडा निक्कै कम तात्ने र बिस्तारै पाक्ने हुँदा खानाको पोषकतत्व कायम रहन्छ । यस्तै माटाका भाँडामा प्राकृतिक रुपमा नै अल्कलाइन हुने हुँदा यसले ग्यासको समस्या समेत हल गर्ने गर्छ । विशेष गरेर माटोको भाँडामा पकाएको भातले अझ बढी फाइदा पुग्छ ।

यसमा खाना पकाउँदा बहिरबाट छुँदा पोल्ने गरी तातो हुँदैन् । यसले गर्दा चामलमा हुने काब्र्स नजल्ने र शरीरमा इन्सुलिन बनाउन सहयोग गर्ने गर्छ । यसको विपरित स्टिल वा अन्य धातुमा पकाएको खानामा कार्वोहाइड्रेट जलेर साधारण काब्र्स वा स्टार्चमा परिणत गराइदिन्छ । धातु वा चिनियाँ माटोको भाँडामा पकाएको कतिपय खाद्यपदार्थ त विष समान नै हुने गरेका छन् । माटोको भाँडामा पकाएको खाना लगातार केही दिन खाएपछि आफैलाई नै यसको फाइदा बारे महसुस हुन्छ । यसले रोग प्रतिरोधी क्षमता समेत बढाउने गर्छ । (एजेन्सीको सहयोगमा)