२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: ब्लेकको बिष्फोटक ब्याटिङमा पोखरालाई १६५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले एलेक्स ब्लेकको बिष्फोटक ब्याटिङमा २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको हो।

काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । उनले २३ बलमा अर्धशतक बनाएका थिए । जारी लिगमा यो सर्वाधिक छिटो अर्धशतक हो । उनले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, सुनाम गौतमले ४५ रन बनाए भने विरनदिप सिंहले ३२ रन जोडे।

पोखराका लागि तुलबहादर थापाले २ विकेट लिए भने प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

पाँच खेलमा ३ जित र २ गरेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने सात खेलमा दुई जित हात पारेको पोखरा अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।