२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आज अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिनुभएको हो । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ । वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्थाबारे जानकारी लिँदै तोकिएबमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा निर्देशन दिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“आजैदेखि दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार सङ्कलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

राजस्व परिचालनका लागि विभाग तथा कार्यालयलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाउनुभएको छ । त्यस्तै, कर कानूनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक तथा यथार्थपरक बनाउन अर्थमन्त्री पौडेलको निर्देशन छ । त्यस्तै, कर कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ । रासस