४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन
अ+ अ-

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

आज अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिनुभएको हो । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ । वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनको वर्तमान अवस्थाबारे जानकारी लिँदै तोकिएबमोजिमको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्बन्धमा निर्देशन दिएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“आजैदेखि दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्ने र हालसम्मको राजस्वको न्यूनता पूरा गरी लक्ष्यअनुसार सङ्कलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

राजस्व परिचालनका लागि विभाग तथा कार्यालयलाई मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने प्रतिबद्धता पनि मन्त्री पौडेलले जनाउनुभएको छ । त्यस्तै, कर कानूनको परिपालना गराउँदा गल्ती गर्नेलाई छुट नदिन र निर्दोषलाई त्रसित नपार्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक तथा यथार्थपरक बनाउन अर्थमन्त्री पौडेलको निर्देशन छ । त्यस्तै, कर कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गर्नसमेत उहाँले निर्देशन दिनुभएको छ । रासस