४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

सपना सहकारीद्वारा १२ लाख ८१ हजार मुनाफा, सदस्यहरुको निरन्तर विश्वास

सपना सहकारीद्वारा १२ लाख ८१ हजार मुनाफा, सदस्यहरुको निरन्तर विश्वास
अ+ अ-

काठमाडौंः कोभिड–१९ का कारण देशमा उत्पन्न विषम आर्थिक स्थितिमा पनि सपना बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा १२ लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

संस्थाको २५औं साधारण सभामा सहकारीका अध्यक्ष प्रज्वल थान्जुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्जित मुनाफाबाट आयकर बापत रु. १ लाख ४८ हजार तथा रु. ११ लाख ३३ हजार संस्थाका विभिन्न कोषमा बाँडफाँड गरिएको बताउनुभयो ।

कूल रु. २ करोड ९ लाख शेयर पूँजी रहेको संस्थाले गत आर्थिक वर्ष २०७८–७९ मा रु. १७ करोड ७९ लाख ८८ हजार निक्षेप संकलन गरेको थियो भने रु. १३ करोड ३५ लाख ८८ हजार सदस्यहरुमाझ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले हायरपर्चेज, घरजग्गा, व्यापार, सेवा, व्यक्तिगत, कृषि तथा पशुपंक्षी जस्ता क्षेत्रमा कर्जा प्रवाह गरेको जनाएको छ ।

निक्षेपतर्फ संस्थाले आवधिक, बचत, क्रमिक बचत, दैनिक बचत, बचत प्लस (विशेष बचत) कार्यक्रम मार्फत् निक्षेप संकलन गरेको थियो ।

संस्थाले कर्मचारीतर्फ रु. ३० लाख, कार्यालय संचालनतर्फ रु. २६ लाख ८५ हजार, व्याज खर्चतर्फ रु. १ करोड ९४ लाख, आम्दानीतर्फ रु. २ करोड ६४ लाख ३२ हजार गरेको जनाएको छ ।

साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक चिरञ्जीवी घिमिरेले लेखा सम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै खर्चमा मितव्ययिता अनपाएर लगानीकर्तालाई बढी भन्दा बढी प्रतिफल दिन प्रयास गर्नुपर्ने, कर्मचारीको वृत्ति विकासका लागि तालिमको व्यवस्था गर्नुपर्ने, संस्थाले खरिद गरेको नयाँ भवनलाई जतिसक्दो चाँडो प्रयोगमा ल्याउनु पर्ने तथा निक्षेपलाई दिगो बनाइ राख्नका लागि दिर्घकालीन रणनीति तय गर्नुपर्ने बताउनुभयो ।

सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनमा संस्थाले आफ्ना कुनै सदस्यलाई कूल पूँजीको १० प्रतिशतमा नबढाई ऋण प्रदान गर्नुपर्नेमा संस्थाको शंसोधित विधानको व्यवस्था बमोजिम आफ्ना सदस्यहरुलाई ऋण प्रदान गरेको उल्लेख छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र अर्यालले देशको वित्तीय क्षेत्रमा आएका उतारचढावको असर सहकारीका कृयाकलापमा पनि परेको जनाउँदै संस्थाका आम सदस्यहरुको विश्वासका कारण संस्थाले निरन्तर प्रगति गरिरहेको बताउनुभयो ।