२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार दुर्घटनामा परे ऋषभ पन्त, जलिरहेको कारबाट बाहिर निस्किएर बाँचे



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान ठूलो सडक दुर्घटनाबाट जोगिएका छन् ।

प्रहरीका अनुसार निदाएका कारण कार दुर्घटना भएको हो । उनको मर्सिडीज नियन्त्रण बाहिर गएर डिभाइडरमा ठोक्किएपछि आगो लागेर पल्टिएको थियो । दुर्घटनापछि पन्त जलेको गाडीको झ्याल फुटाएर एक्लै बाहिर निस्किएका थिए ।

२५ वर्षीय पन्तलाई बचाउन मानिसहरू पुगेपछि उनले भने– ‘म ऋषभ पन्त हुँ ।’ दुर्घटनाबाट उनको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको छ । चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ ।

उनलाई उपचारका लागि रुड़कीबाट देहरादुन लगिएको छ । उनको यहाँको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । उनलाई चिकित्सकको टोलीले निगरानी गरिरहेको छ । आवश्यक परे उनलाई एयरलिफ्ट गरेर दिल्ली लैजाने बताइएको छ ।