११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मैले १५ दिनमै सुशान्तको केस सुल्झाउने थिएँ’



अ+ अ-

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मामिलामा पछिल्ला केही दिनहरुमा नयाँ–नयाँ खुलासाहरु आउने क्रम जारी छ । सुशान्त सिंह राजपुतको मृत्युका बेलाका बिहारका डीजीपी रहेका गुप्तेश्वर पाण्डेले अब यस विषयमा प्रतिक्रिया दिएका छन् ।

गुप्तेश्वर पाण्डे भन्छन्, ‘जब सुशान्त प्रकरणको छानबिन भइरहेको थियो, मुम्बई प्रहरीको मनोवृत्ति शंकास्पद थियो ।’

उनले यो पनि भनेका छन् कि जब बिहार पुलिस यस विषयमा अनुसन्धान गर्न मुम्बई पुग्यो, मुम्बई पुलिसले केही कुरा लुकाएको कारणले आफूलाई अनैतिक व्यवहार गरिएको थियो । पूर्व डीजीपीले पर्याप्त समय पाएको भए १५ दिनमा मुद्दा टुंग्याउने पनि बताए ।

दुई दिनअघि कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले सुशान्तको शरीरमा चोटका निशान देखेको सनसनीपूर्ण खुलासा गरेका थिए । उनले सुशान्तले आत्महत्या नगरेको तर हत्या भएको आशंका व्यक्त गरेका छन् ।

एएनआईसँग कुरा गर्दै गुप्तेश्वर पाण्डेले सन् २०२० मा सुशान्तका बुबाले पटनामा एफआईआर दर्ता गर्दा उनी अनुसन्धानको इन्चार्ज बनेको बताएका छन् । उनले बिहार प्रहरीको टोलीलाई यस विषयमा अनुसन्धान गर्न मुम्बई पठाए ।

पूर्व डीजीपीले भने, ‘बिहारबाट पठाइएको अफिसरहरूको टोलीसँग मुम्बई पुलिसको व्यवहार अनैतिक थियो, त्यसबेला मैले महसुस गरें कि केहि लुकेको छ । अनुसन्धान गर्न गएका आईपीएस अधिकारी विनय तिवारीलाई मुम्बई प्रहरीले घरमै नजरबन्दमा राखेको थियो ।’

सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।