१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
Latest
भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना पहलगाम हमलाः हनिमुन मनाउन गएका जोडीको वियोग, नाम सोधेर आतंककारीले गोली हाने विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री प्रहरी मुख्यालयमा : सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु -फोटो फिचर



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवाका लागि नेताहरुको घर पुगेको थाहा पाए कारबाही गर्ने बताउनुभएको छ ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षण गर्न प्रहरी प्रधान कार्यालय नक्साल पुग्नुभएका उहाँले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्डभन्दा बाहिर गएर नगरिने उल्लेख गर्नुभयो ।

“सरुवा र बढुवाको कुरा लिएर नेताको घरमा जाने कुरा अन्त्य गरिनेछ, हाम्रो भन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्”, उहाँले भन्नुभयो । राम्रो काम गर्नेलाई पुरस्कृत गरिने र आचरणविपरीत काम गर्नेलाई दण्डित गरिने उहाँको भनाइ थियो ।

उहाँले हिजोका दिनमा जे जे भए पनि आगामी दिनमा कसैले कानूनविपरीतका क्रियाकलाप नगरुन् भन्दै विकृति र विसंगति अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीभित्रका विकृति आफूले राम्ररी बुझेको उहाँको भनाइ थियो ।

आफूले कसैलाई दबाब नदिने र कानूनअनुसार मात्र काम गर्ने भन्दै उहाँले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गरिने जानकारी दिनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक धीजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको र त्यसलाई अक्षरशः पालना गरिने जानकारी दिनुभयो ।