२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुशान्तको आँखामा मुक्का हानेजस्तो चोट लागेको थियो’



अ+ अ-

एजेन्सी । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलामा कूपर अस्पतालका पोस्टमार्टम स्टाफले अर्को चकित पार्ने दाबी गरेका छन् ।

सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा उनलाई कसैले धेरै पटक मुक्का हानेको जस्तो निशान देखिएको उनले बताए । यस्तै, उनले महाराष्ट्रको अघिल्लो सरकार अर्थात् उद्धव सरकारमाथि पनि प्रश्न उठाएका छन् ।

उनले भने – ‘म सुशान्तको शवको पोस्टमार्टम गर्ने टोलीको हिस्सा थिएँ र मैले उनलाई धेरै चोट लागेको देखेँ, उनको धेरै हड्डीहरू पनि भाँचिएको थियो । त्यतिबेलाको उद्धव सरकारलाई विश्वास नभएकाले म मिडियाको अगाडि आउन सकिन । अहिले सरकार परिवर्तन भएको छ, म सत्य बोल्न चाहन्छु । मलाई आफ्नो ज्यानको परवाह छैन, सुशान्तले न्याय पाउनुपर्छ ।’

रुपकुमार शाह सोमबार २६ डिसेम्बरमा पहिलो पटक मिडियामा देखा परेका थिए । शाहले सुशान्तले आत्महत्या नगरेको, हत्या भएको दाबी गरेका छन् ।

सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।