३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा चार दिनदेखि इजरायली मिसाइल आक्रमण



अ+ अ-

दमासकस । इजरायलले गए राति पनि सिरियामा आक्रमण गरेको छ । इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । इजरायलले सिरियाली शहर होम्समा हमला गरेको सिरियाली अधिकारीहरुले बताएका छन् । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

सिरियाली सैन्य अधिकारीहरुले इजरायलले गएको चार दिनदेखि यहाँ हमला गरेको छ । यहाँको सरकारी समाचार समिति सानाले सो समाचार दिएको छ । बुधबार राति र बिहीबार राति पनि इजरायली सेनाले सिरियाली शहर होम्स र उत्तरी शहर अलेपोमा हमला गरेको सिरियाली सरकारी समाचार समिति सानाले जनाएको छ ।

बुधबार जस्तै बिहीबार पनि मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ । त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

इजरायली सेनाले यसअघि पनि सिरियामा हमला गर्ने गरेकोमा केही दिनयता रोकिएको थियो । तर अहिले गएको चार दिनदेखि निरन्तर रुपमा इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबारदेखि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो र अहिले पनि सो क्रम जारी नै रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । (रासस-सिन्ह्वा)