• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

नेप्से परिसूचक ५६.८६ अंकले वृद्धि



काठमाडौँ । देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।

अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमवार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले, फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ ।

सोमवार आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।