५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार



symbolic picture
अ+ अ-

खोटाङ । उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् ।

बुइँपास्थित बजार क्षेत्र पार गरेको बस स्वास्थ्यचौकीभन्दा मुनि पुगेपछि सडकबाट करिब पाँच मिटर तल खस्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीकी रेनुका भुजेलसहित छ यात्रु घाइते भएका हुन् ।

बत्तीस यात्रु सवार बस दुर्घटनामा भुजेलसहित घाइते हुनेमा बुइँपा खिरीका २९ वर्षीय वीरेन्द्र घिमिरे, बुइँपाकै कट्टी निवासी २८ वर्षीया दिलकुमारी श्रेष्ठ, रावाबेँसी गाउँपालिका–२ खार्पाका २० वर्षीय कुसल सार्की, दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कका ७३ वर्षीय आइते सार्की र सोही स्थानकी २७ वर्षीया सुस्मिता ढुङ्गाना रहेका छन् । घाइतेमध्ये वीरेन्द्रको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बसमा च्यापिएको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका वीरेन्द्रको बायाँ तिघ्राभन्दा माथिल्लो भागमा गहिरो चोट लागेको जनाइएको छ । गम्भीर अवस्थाका वीरेन्द्र, रेनुका र दिलकुमारीलाई जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

सामान्य अवस्था रहेका अन्य घाइतेको स्वास्थ्यचौकी बुइँपामा प्राथमिक उपचार भइरहेको दिक्तेल रुपाकोट मझुवागढी–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । दुर्घटनालगत्तै बसका चालक र सहचालक फरार भएका सोही बसका यात्रुले बताएका छन् ।

सहचालकले बस चलाउँदा दुर्घटना भएको यात्रुले बताएका छन् । सहचालकले सडकमा बाङ्गोटिङ्गो गर्दै बस हिँडाएपछि यात्रुले गाली गरेको केही समयपछि नै दुर्घटना भएको सोही बसमा सवार यात्रु युवराज खनालले बताउनुभयो ।

सडकबाट डिलमुनि खसेको बस रुखमा अल्झिएका कारण थप क्षति हुन नपाएको यात्रुहरुले बताएका छन् । दुर्घटना गराएर फरार भएका चालक र सहचालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएका छ ।