• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

प्रचण्ड बालकोटमा



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा नयाँ सरकार र शक्ति बाँडफाँटका विषयमा कुनै सहमति हुननसकेपछि बाहिरिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

यसअघि बालुवाटारमा सहमति हुननसकेपछि उहाँ नयाँ सरकारको नेतृत्वका लागि नेकपा (एमाले) को समर्थन खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट जानु भएको हो । बालकोटमा माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु पनि हुनुहुन्छ ।

यसअघि नेपाली कांग्रेसले सरकारको नेतृत्व माओवादीलाई दिन नसक्ने स्पष्ट सन्देश दिइसकेको छ । प्रधानमन्त्री देउवाको सन्देश लिएर आज बिहान माओवादी केन्द्रका प्रचण्डलाई भेट्नु पुग्नु भएका कांग्रेस नेता विमलेन्द्र निधिले प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले छोड्न नसक्ने सन्देश दिनुभएको थियो ।

निधिसँगको छलफलपछि अध्यक्ष प्रचण्डले कांग्रेसको प्रस्ताव आफूलाई स्वीकार्य नभएको सन्देश देउवालाई पठाउनु भएको काग्रेसका एक नेताले जानकारी दिनुभयो ।

त्यसपछि सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएको थिएन ।

सत्ता गठबन्धनमा सहमति हुन नसकेको परिस्थितिमा कांग्रेस र माओवादी दुवैले नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताइएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले शनिबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।