४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश
अ+ अ-

दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको थियो । ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने जनाएका छन् ।

वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने बिहीबार जारी सूचनामा उल्लेख छ ।

वाणिज्य बैंकले गत असार मसान्तसम्मको नाफा–नोक्सान, सोही अवधिको नगद प्रवाह तथा शेयरधनी कोष परिवर्तनको विवरणलगायत वित्तीय विवरण पारित गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ । बैंकले २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर लाभांश दिँदैछ । यो प्रस्ताव पनि अनुमोदनका लागि साधारण सभामा लगिनेछ ।

गत असार मसान्तसम्ममा वाणिज्य बैंकको चुक्ता पुँजी रु १३ अर्ब ९४ करोड तीन लाख ५९ हजार ९९ बराबर रहेको छ । उक्त चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने रु एक अर्ब चार करोड ५५ लाख २६ हजार नौ सय बराबर नगद लाभांश वितरण गर्ने स्वीकृति दिने प्रस्ताव साधारण सभामा लगिँदैछ । त्यस्तै, बैंकका सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशतले हुने आउने रु ६९ करोड ७० लाख १७ हजार नौ सय ५४ बराबर बोनस सेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पनि साधारणसभामा लगिने बैंकले जनाएको छ ।

वाणिज्य बैंकमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८ गते बुक क्लोज (शेयरधनी दर्ता पुस्तिका बन्द) गरिसक्नेछ ।

त्यस्तै, नेपाल बैंकले पुस २९ गते साधारणसभा गर्दैछ । बैंकको प्रधान कार्यालय धर्मपथमा आयोजना हुने साधारणसभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पेश गरिनेछ । त्यस्तै, बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र दुई प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिमा लगिँदैछ ।

गत असार मसान्तसम्ममा नेपाल बैंकको चुक्ता पुँजी रु १४ अर्ब ४० करोड ५९ लाख चार हजार आठ सय ३१ बराबर थियो । यो चुक्ता पुँजीको दश प्रतिशतका दरले हुन आउने रु एक अर्ब ४४ करोड पाँच लाख ९० हजार चार सय ८३ नगद लाभांश र दुई प्रतिशतका दरले हुन आउने रु २८ करोड ८१ लाख १८ हजार ९६ रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सञ्चालक समितिमा लगिँदैछ ।

बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजी वृद्धि गरी रु १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २७ बराबर कायम गर्ने प्रस्ताव पनि बैंकको साधारणसभामा लैजाने तयारी छ । नेपाल बैंकले वार्षिक साधारणसभाका लागि पुस १४ गते बुक क्लोज गरिसक्नेछ । पुस १३ गतेसम्म कारोबार भई शेयर नामसारी भएका शेयरधनीले मात्र साधारणसभामा सहभागी हुन गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

दुवै बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि आफ्नो लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषय बारेको प्रस्ताव पनि साधारणसभामा लैजाँदैछन् । त्यस्तै प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्नुपर्ने भएमा सञ्चालक समितिलाई त्यसको अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा लगिनेछ । सरकारी लगानी रहेको कृषि विकास बैंकले भने अझै साधारणसभा घोषणा गरिसकेको छैन ।
–––