• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

यादव र राईले लिए सपथ



काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि बिहीबार शपथ समारोहमा अनुपस्थित रहेका यादव र राईलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार शपथ गराएका हुन् ।

उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहीबार शपथ लिन नसकेपछि यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराएको हो । यस्तै, राई हवाईजहाज छुटेकाले बिहीबारको शपथ ग्रहण समारोहमा सहभागी हुन पाएका थिएनन् ।