१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताः नेपालले आज श्रीलंकाको सामना गर्दै



अ+ अ-

काठमाडौं । २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्नेछ ।

बङ्गलादेशको ढाकामा हुन लागेको नेपाल र श्रीलंकाबिचको खेल नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बङगलादेशसँग ३-० को सोझो सेटमा हारेको नेपाल आज पहिलो जितको योजनामा रहेको छ । यस्तै, पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको श्रीलंका पनि पहिलो जित हासिल गर्न चाहन्छ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । नेपालले लिग चरणको अन्तिम खेल पुस ९ गते शनिबार कीर्गिस्तानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पुस ११ मा हुनेछ ।