४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुको शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ ग्रहणको तयारी भइरहेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । राणालाई हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएको थियो ।

१६ भाषामा हुनेछ शपथ

संसद सचिवालयका अनुसार मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या यस पटक २६ पुगेको छ। सचिवालयले तोकेको समयसीमाभित्र २६ सदस्यले मातृभाषामा शपथ दिने जानकारी सचिवालयलाई गराएका छन्।

१६ फरक–फरक भाषामा २६ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्। एक जना सांसदले संस्कृत भाषामा समेत शपथ लिने हुनुभएको छ ।