२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा जन्मदर घट्ने क्रम जारी



अ+ अ-

टोकियो । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ ।

मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष आठ लाख ११ हजार ६०४ नवजात शिशुको वार्षिक सङ्ख्या सात लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।

सन् १८९९ मा जापान सरकारले जन्मको तथ्याङ्क सङ्कलन सुरु गरेयता पहिलो पटक यो सङ्ख्या आठ लाखभन्दा तल झरेको छ ।
सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीहरूले जनाएका छन् । जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्च’ले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।

जापानको बढ्दो उमेरको समाजमा घट्दो जन्मदरले पेन्सन र वृद्धवृद्धाका लागि चिकित्सा सेवाजस्ता सरकारी सामाजिक सुरक्षा कार्यक्रमहरूको भविष्यको वित्त पोषणका लागि खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।