४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अस्ट्रेलियामा कोभिड संक्रमण रोक्न लगाएको लकडाउनको विरोध प्रदर्शन

अस्ट्रेलियामा कोभिड संक्रमण रोक्न लगाएको लकडाउनको विरोध प्रदर्शन
अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिवार सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा आयोजित लकडाउनविरोधी ठूला प्रदर्शनको निन्दा गरेका छन्।

उनले प्रदर्शनका सहभागीहरूलाई 'स्वार्थी तथा स्वयं पराजित व्यक्ति' को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम लिएको बताए।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनु बाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताए।

न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएकी छन्।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड-१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।

कहाँ-कहाँ भयो विरोध ?
सिड्नीमा भएका प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका थिए। मेल्बर्न र ब्रिस्वेनमा साना प्रदर्शनहरू भए। प्रदर्शनका क्रममा मानिसहरू 'स्वतन्त्रता' भन्दै सिड्नीको केन्द्र तर्फ अघि बढेका थिए।

अधिकारीहरूका अनुसार ५७ प्रदर्शनकारी पक्राउ परेका छन्। अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

अतिसङ्क्रामक डेल्टा भेरिअन्टको आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन्।

न्यू साउथ वेल्सको स्वास्थ्य निकायले सिड्नी क्षेत्रलाई कोभिड 'हटस्पट' घोषणा गरेको केही बेरमै मानिसहरूले त्यहाँ र्‍याली निकालेका थिए।
कतिपयले 'मास्क झारेर ठूलो स्वर पार' र 'अस्ट्रेलिया जाग' जस्ता नारा लगाएका थिए।

प्रदर्शनकारीले सडकमा अवरोध गरेका थिए र सिड्नी टाउन हलअगाडि भेला भएका थिए। एउटा समूहले घोडासवार प्रहरीलाई बोतल प्रहार गरेका थिए।

सङ्क्रमणको अवस्था कस्तो छ ?

न्यू साउथ वेल्सको प्रहरी बलले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारलाई आफ्नो समर्थन रहेको भए पनि प्रदर्शनले कोभिड(१९ को जनस्वास्थ्य आदेशको उल्लङ्घन गरेको उल्लेख गरेको छ।

मेल्बर्नमा भएको सानो प्रदर्शनमा संसद् भवनबाहिर आयोजना गरिएको थियो। ब्रिस्वेनमा एउटा वनस्पति उद्यानमा मानिसहरू भेला भएका थिए।

अस्ट्रेलियाको कुल जनसङ्ख्याको आधा अर्थात् एक करोड ३० लाख मानिस लकडाउनमा छन्। चार हप्तायता सिड्नीमा लकडाउन चलिरहेको भए पनि त्यहाँ सङ्क्रमण बढिरहेको छ।

शनिवार न्यू साउथ वेल्सका अधिकारीहरूले हालसम्मकै उच्च अर्थात् १६३ जनामा कोभिड पुष्टि भएको जानकारी दिएका थिए।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले अस्ट्रेलियामा हालसम्म ३२,५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड-१९ का कारण मृत्यु भएको देखाउँछ।