१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका निवासी समाजसेवीद्धारा नेपालका संस्थालाई सहयोग



अ+ अ-

काठमाडौँ । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता प्रदान गरेका छन् ।

अमेरिकामा सञ्चालित डे केयरका प्रमुख कार्यकारी अधिकृत टीका अधिकारी र अर्का समाजसेवी एवं एसएनके एजुकेशनका संस्थापक कृष्ण रेग्मीले नेपालमा बालबालिका तथा बृद्धाश्रमका साथै विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

उक्त डे केयरले अमेरिकामा बृद्ध बाआमालाई सेवा प्रदान गर्दै आएको छ भने एसएनके एजुकेशनले अमेरिका र क्यानाडामा रहेका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा, नेपाली संस्कार र संस्कृति सिकाउँदै आएको छ ।

उहाँहरुले ललितपुर महानगरपालिका नख्खुडोलमा अवस्थित तुलसालय आश्रमलाई रु एक लाख, समता फाउन्डेसनलाई रु ५० हजार, लोकगीत कार्यक्रम सञ्चालक संस्था इन्द्रेणीलाई रु ५१ हजार तथा बालआश्रम सञ्चालक नन्दा सिंह प्रसाईंलाई रु २ लाख ४० हजार र शंखर सुलेमान ९इकु० को संस्थालाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

केही अघि नेपाल आउनुभएका उहाँहरुले यी संस्थाहरुले गरेको समाजसेवाको कार्यको प्रसंशा गर्दै सो सहयोग गर्नुभएको हो ।
तुलसालय समाजसेवी सरु सुवेदीले आफ्नी अल्पायूमै निधन भएकी आमाको स्मृतिमा स्थापना गर्नुभएको हो । तुलसादेवी हरिहर फाउन्डेसनद्धारा सञ्चालित सो आश्रममा बालबालिका, बेसहारा बाआमा र मानसिक रोग भएकाहरु आश्रित छन् ।

हालै काठमाडौँमा सो सहयोग हस्तान्तरण गरेपछि तुलसालयकी अध्यक्ष सुवेदीले बालबालिकालाई शिक्षादीक्षाका साथै आश्रममा आश्रित बाआमाहरुका लागि आवश्यक खाद्यान्नकै समस्या परिरहेका बेला उहाँहरुको सो सहयोगबाट ठूलो राहात मिलेको बताउनुभयो ।

अमेरिकामा रहनुहुने समाजसेवीहरु टीका अधिकारी र कृष्ण रेग्मीले आफूहरुको सहयोग ती संस्थाहरुलाई पर्याप्त नभए पनि यसबाट उहाँहरुलाई सामान्य रुपमा भएपनि राहात पुगोस् भनेर उक्त सहयोग उपलब्ध गराएको र आगामी दिनमा पनि यस्तो समाजसेवाको कामलाई निरन्तरता दिने धारणा राख्नुभयो ।