३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका निवासी समाजसेवीद्धारा नेपालका संस्थालाई सहयोग



अ+ अ-

काठमाडौँ । अमेरिकामा सञ्चालित संस्था फ्रिडम एडल्ट डे केयर र एसएनके एजुकेशनले नेपालका विभिन्न सामाजिक संस्था तथा आश्रमलाई आर्थिक सहायता प्रदान गरेका छन् ।

अमेरिकामा सञ्चालित डे केयरका प्रमुख कार्यकारी अधिकृत टीका अधिकारी र अर्का समाजसेवी एवं एसएनके एजुकेशनका संस्थापक कृष्ण रेग्मीले नेपालमा बालबालिका तथा बृद्धाश्रमका साथै विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

उक्त डे केयरले अमेरिकामा बृद्ध बाआमालाई सेवा प्रदान गर्दै आएको छ भने एसएनके एजुकेशनले अमेरिका र क्यानाडामा रहेका नेपाली भाषी बालबालिकालाई नेपाली भाषा, नेपाली संस्कार र संस्कृति सिकाउँदै आएको छ ।

उहाँहरुले ललितपुर महानगरपालिका नख्खुडोलमा अवस्थित तुलसालय आश्रमलाई रु एक लाख, समता फाउन्डेसनलाई रु ५० हजार, लोकगीत कार्यक्रम सञ्चालक संस्था इन्द्रेणीलाई रु ५१ हजार तथा बालआश्रम सञ्चालक नन्दा सिंह प्रसाईंलाई रु २ लाख ४० हजार र शंखर सुलेमान ९इकु० को संस्थालाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो ।

केही अघि नेपाल आउनुभएका उहाँहरुले यी संस्थाहरुले गरेको समाजसेवाको कार्यको प्रसंशा गर्दै सो सहयोग गर्नुभएको हो ।
तुलसालय समाजसेवी सरु सुवेदीले आफ्नी अल्पायूमै निधन भएकी आमाको स्मृतिमा स्थापना गर्नुभएको हो । तुलसादेवी हरिहर फाउन्डेसनद्धारा सञ्चालित सो आश्रममा बालबालिका, बेसहारा बाआमा र मानसिक रोग भएकाहरु आश्रित छन् ।

हालै काठमाडौँमा सो सहयोग हस्तान्तरण गरेपछि तुलसालयकी अध्यक्ष सुवेदीले बालबालिकालाई शिक्षादीक्षाका साथै आश्रममा आश्रित बाआमाहरुका लागि आवश्यक खाद्यान्नकै समस्या परिरहेका बेला उहाँहरुको सो सहयोगबाट ठूलो राहात मिलेको बताउनुभयो ।

अमेरिकामा रहनुहुने समाजसेवीहरु टीका अधिकारी र कृष्ण रेग्मीले आफूहरुको सहयोग ती संस्थाहरुलाई पर्याप्त नभए पनि यसबाट उहाँहरुलाई सामान्य रुपमा भएपनि राहात पुगोस् भनेर उक्त सहयोग उपलब्ध गराएको र आगामी दिनमा पनि यस्तो समाजसेवाको कामलाई निरन्तरता दिने धारणा राख्नुभयो ।