९ माघ २०८१, बुधबार
,
Latest
रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुको नेले बजारमा लागेको आगो नियन्त्रणमा, चार घर नष्ट



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणामा आएको छ ।

मंगलबार अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिइन् ।

आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर जलेर नष्ट भएका छन् भने प्रणय राईको घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए ।

आगोलागीमा परेका अधिकांश घरमा पसल तथा होटल सञ्चालनमा थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।