४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान
अ+ अ-

– खेमराज गौतम

गलकोट । एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आउनुभएकी यामकुमारी थापा हस्तकलामा व्यस्त हुनुहुन्छ । 
    
थापाले एकल जीवन बिताउन थालेको १९ वर्ष भयो । उहाँलाई पहिला अब यो एक्लै कसरी बस्न सक्दछे रु जिन्दगी लामो छ, एक्लै कटाउन सम्भव हँुदैन भन्ने मानिस धेरै थिए । यस्ता कुरा यामकुमारी सुनेर पनि नसुने झैँ गर्नुहुन्थ्यो । विवाह गरेको पाँच वर्षमा श्रीमान्को वैदेशिक रोजगारीका लागि मलेशिया जाने भन्दै काठमाडौँ गएर राहदानी बनाएर फर्किंने क्रममा गाडी दुर्घटना भएर त्रिशूली नदीमा परेर मृत्यु भयो । श्रीमान्को मृत्युपछि उहाँको थप सङ्र्घष र दुःखका दिन शुरु भए । बिहान बेलुका छाक टार्न मात्र होइन, श्रीमान्ले चिनो छाडेर गएको छोरालाई हुर्काउन, बढाउन, पढाउन र समाजमा आफ्नो नाम स्थापित गर्नका लागि उहाँलाई ठूलो चुनौती भयो । 

“अहिले त हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छैन, भने आजभन्दा १९ वर्ष पहिले झन् कस्तो हुँदो हो रु हामीले अनुमान लगाउन सक्दछौँ”, यामकुमारी भन्नुहुन्छ, “उहाँ जस्ता एकल महिला हाम्रो समाजको चुनौती, अप्ठ्यारा, कुरीति र कुसंस्कारकै जालोभित्र जेलिएर कैयौँ महिलाको नाम यो समाजमा यसै मेटिन्छन् ।” एकल महिलाकै उपमा बीच यामकुमारी आफूलाई घरपरिवार र छिमेकमा मात्र होइन, देशकै उत्कृष्ट उद्यमी महिलाका रुपमा आफूलाई परिचित गराउन सफल हुनुभयो । 

श्रीमान्को मृत्यु भएको एक वर्षपछि काखको बच्चा च्यापेर बागलुङ बजार झरेकी उहाँलाई कहाँ बस्ने, के गर्ने, के खाने भन्ने केही बाटो थिएन । सामान्य शिक्षा पनि आर्जन नगरेकी उहाँलाई कसले दिने जागिर रु श्रीमान्ले नै छाडेर गएको चिनो आँैठी रु आठ हजारमा बेचेर उहाँँका बुवाले पेन्सन क्याम्पमा सिलाइकटाइको तालिम लिने व्यवस्थापन गरिदिनुभएको थियो । त्यही तालिमले उहाँको जिन्दगीको बाटोले फरक मोड लियो । 

“अरुको पसलमा काम गर्नुभन्दा सानोतिनो आफ्नै व्यापार शुरु गर्दछु भनेर झोला बनाउने र रक्सी पारेर आफ्नो गुजारा चलाउन थालेको उहाँ बताउनुहुन्छ । झोला बुन्दा बुन्दै २०६६ सालमा घरेलुमा आधारभूत ढाका बुनाइ तालिम सञ्चालन हँुदैछ भन्ने खबर सुन्दा निकै उत्साहित भएर सहभागी भएको उहाँ स्मरण गर्नुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा गएर पनि ढाका बुनाइको तालिम दिन अनुरोध गरेर ४५ दिने तालिम लिएर आफ्नै पसल शुरु गरेको उहाँ बताउनुहुन्छ । 

“माइतमा पनि म जेठी छोरी थिए, मभन्दा दुई भाई र दुई बहिनी थिए, बुबा आमालाई आफ्नै समस्या थियो, त्यसकारणले मैले सोचे अब आफ्नै पसल खोल्ने”, उहाँले भन्नुभयो, “झोला र रक्सी बेचेर जम्मा गरेको पैसा ढुकुटी खेलेको थिए ।” ढुकुटी बुझेर रु चार लाखको लगानी गरेर रु १३ हजारमा ढाकाको साडी बुन्ने तान किनेर बागलुङ बजारमै पहिलो ढाकाको कपडा पसल सौगात कोसेली घर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

बागलुङ बजारमै ढाकाको कपडा बुन्ने धागो बेच्ने पहिलो व्यापारी आफू नै भएको यामकुमारीको भनाइ छ । “आफूमा सीप भएपछि कसैको अगाडि हात फैलाउनुपर्ने रहेनछ भन्ने मैले बुझिसकेको थिए, घरेलुले मलाइ र मेरो बच्चालाई बाच्ने आधार दिएको थियो, मैले अहिलेसम्मपछि फर्केर हेर्नु परेको छैन”, उहाँ थप्नुहुन्छ ।” 
    
अहिले उहाँसँग छ वटा ढाकाको कपडा बनाउने तान छन् । दुई तान घरेलुले आधा मूल्यमा दिएको हो । यामकुमारीले नेपालमा मात्र नभएर अमेरिका, जापान, हङ्कङमा ढाकाको साडी, ढाकाको कुर्ता, ढाकाको दौरा सुरुवाल, ढाकाको सल, झोला, पर्स, चुत्ता बिक्री गर्दै आउनुभएको छ । सिजनमा मैले महिनाकै रु एक लाखदेखि रु एक लाख ६० हजारसम्मको सामान बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “कोरोना महामारीमा पनि अर्डर आइराखेको छ, मैले कोरोना महामारीभन्दा पहिला चार महिलालाई रोजगारी पनि दिएको थिए, अहिले कोही हुनुहुन्न, अब कामदार राख्ने सोचमा छु”, उहाँले भन्नुभयो ।  

छोरालाई पढाउँदै आफ्नो सीपलाई थप गर्नका लागि घरेलुमा निरन्तर तालिम लिएको उहाँ बताउनुहुन्छ । घरेलुले सीप सिकाएकै कारण २०७५ सालमा उद्यमशीलताको प्रदर्शनीमार्फत आत्मनिर्भर भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली महिला उद्यमीको सम्मानपत्र र रु २० हजार दिएको उहाँले बताउनुभयो । 

थापा भन्नुहुन्छ, “सम्मानपत्र पाएपछि थप ऊर्जा मिल्यो, आफूले तालिम लिएर दक्ष भएपछि देशका विभिन्न स्थानमा गएर ३०० भन्दाबढी महिलालाई तालिमसमेत दिएको छु, म जस्ता अन्य महिलालाई किताबी ज्ञान नभएकै कारण हेपिन नपरोस्, महिला भएकै कारण पछाडि पर्न नपरोस् भनेर आफू जति व्यस्त भए पनि समय व्यवस्थापन गरेर तालिम दिने गरेको छु ।”

अहिले ढाकाका कपडा बुन्ने र बिक्री गर्ने व्यापारमा महिला दिदीबहिनीको आकर्षण बढेको थापा बताउनुहुन्छ । एक साडीकै रु १४ देखि १८ हजारसम्म पर्ने भएकाले यो व्यवसाय गर्न सीप हुने हो भने कमाउन धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ । “अहिले पसलमा ढाकाका कपडादेखि लिएर हाम्रै गाउँघरमा उत्पादन भएको स्थानीय मह, सिस्नोको धुलो र ताराखेलाको चिउरीको हर्बल साबुन बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो ।  

अहिले छदेखि सात सालसम्मको सामान यामकुमारीको पसलमा छ । बागलुङ बजारमा ससुराले घडेरी किनी दिएर सगारीयामा घर बनाएको उहाँ बताउनुहुन्छ । अहिले भइरहेको पसललाई थप व्यवस्थापन गरेर अझै राम्रो बनाउने उहाँको लक्ष्य छ । बागलुङ बजारकै नमूना ढाकाको कपडा पसल बनाउने अबको उहाँको योजना छ । पसललाई थप व्यवस्थित पारेर महिलाका लागि तालिम दिनका लागि राम्रो तालिम कक्ष पनि बनाउने चाहाना यामकुमारीको छ । रासस