२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारिकताबारे आज निर्वाचन आयोगले निर्णय गर्दै



अ+ अ-

काठमाडौं । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकताको विवादबारे निर्णय गर्दैछ । आयोगको निर्णय आउने निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटिरहेका छन् ।

फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानको अवस्थामा रहेका छन् । अहिले हेर्दा ५१ जना सदस्य रहेको कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । त्यस्तै केही समयअघिसम्म संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर बनेको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो अवस्थामा देखिएको छ । उपेन्द्र यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । 

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरेपनि आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ अर्थात टाउको गणना गरी आज पार्टी आधिकारिकताको निर्णय गर्ने तयारी गरेको हो ।