७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलर, मलेसिया रिंगिट, कतारी र साउदी रियालको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २६  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ०९ पैसा तोकिएको छ।  

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २४ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ५१ पैसा रहेको छ ।

जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ७१ पैसा तोकिएको छ।  एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ५८ पैसा तोकिएको छ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।