९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल फोन चलाउँदा आँखा र गर्धनमा समस्या हुन्छ, यस्तो छ उपाय !



अ+ अ-

काठमाडौं । अहिलेको समयमा मोबाइल नभएको मानिस भेट्दा कुनै अजुवा भन्दा कम हुँदैन । हरेकको हातहातमा माबाइल हुन्छ त्यो पनि एउटा होइन दुइवाटा बोक्ने प्रचलन आइसकेको छ । यस्तो बढ्दो टेक्नोलाजीलाई आत्मसाथ गरेर अघि बढ्न मोबाइल फोन नभए पनि सँगै अपढेट रहन गाह्रै पर्ने अवस्था श्रीजना भइसकेको छ । मोबाइलबाट सम्पर्क हुने त छदैँछ तर आजभोली मोबाइलबाटै पढ्ने, हमर्वोक गर्ने, गेम खेल्ने, सूचना लिने, मनोरञ्जन पनि मोबाइल मै समावेश भएको हुनाले गर्दा हरेक कुरा मोबाइलमा उपलब्ध हुन्छ । यस्तोमा कसैले मोबाइलको उपयोग नगरोस् पनि किन रु प्रश्न उठ्छ ।

मोबाइल चलाउँन जरुरी छ त्यो सँगसँगै आँखामा समस्या पनि आउँछ । आँखा पोल्ने, सुन्निने, चिलाउने जस्ता समस्यासँग लडिरहेका हुन्छौँ हामी । अहिले त बच्चा बच्चाले मोबाइल फोन कै कारण चस्मा लगाउने ट्रेन्डिङ नै भइसकेको छ । त्यस्तै पछिल्लो समय गर्धनको समस्या पनि धेरैमा आएको छ । यस्तोमा भनाई नै छ नि जहाँ समस्या त्यहाँ उपाय । केही सानो कुरामा ध्यान दिए मात्र पनि तपाई स्वास्थ्य रहन सक्नुहुन्छ । 

यस्ता छन् उपाय:

आँखाको समस्याः तपाइँको स्मार्टफोनले ह्वाट्सएप, फेसबुक तथा ट्विटर जस्ता साइटहरु सेकेण्ड भरमै खोलिदिन्छ र तपाइँले चाहेको कुरा गर्न सक्नुहुन्छ । तर के तपाइँलाई थाहा छ रु यसरी तिव्र गतिमा चाहेको कुरा हेर्न दिने त्यो स्मार्टफोनले तपाइँको आँखाको ज्योति भने विस्तारै खोसिरहेको हुन्छ ।

स्मार्टफोनको सानो स्क्रिनमा आँखाको समग्र हेराइ केन्द्रित गर्दा आँखामा जोड पर्दछ । जसका कारण आँखामा आँशु आउने, धमिलो देखिने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् ।

त्यसैले स्मार्टफोनबाट आँखालाई बचाउनका लागि आफ्नो फोन प्रयोग गर्दा आँखा र मोबाइल फोनबीच केही दूरी कायम राख्नुहोस् अर्थात् आँखाको नजिक लगेर मोबाइल नचलाउनुहोस् ।

फोनमा एकोहोरो लामो समयसम्म हेरिरहनुको साटो बीच बीचमा मोबाइलको स्क्रिनबाट आँखा हटाएर ब्रेक लिनुहोस् र केही समयका लागि आँखा चिम्लिनुहोस् । हत्केलालाई एक आपसमा रगडेर चिम्लिएको आँखाको परेला माथि राख्नुहोस् । यसले आँखालाई आराम मिल्दछ ।

गर्धन तथा पिठ्यूँको समस्याः मोबाइलमा मेसेजिङ तथा च्याटिङ धेरै गर्ने बानी केही समयका लागि खुसीको विषय बन्न सक्ला । तर, यसले स्वास्थ्यमा भने दीर्घकालीन असर गर्नसक्छ ।

मोबाइल चलाउँदा लामो समयसम्म शरीर झुकाएर च्याट गर्ने, म्यासेज पठाउने तथा गीत सुन्ने गर्दा त्यसले गर्धन तथा पिठ्यूँ दुख्ने समस्या उत्पन्न हुन्छ । सुरुमा गर्धन दुख्ने समस्या देखिन थाल्छ र त्यो विस्तारै पिठ्यूँमा सर्दछ । साथै लामो समयसम्म टाउको झुकाएर तथा कुप्रिएर च्याटिङ तथा मेसेजिङ गर्ने नगर्नुहोस् ।

गाडी चलाइरहेको अवस्थामा पनि कतिपय मानिसहरु कानको एक साइडमा फोन चेँपेर टाउको एकापट्टि ढल्काएर फोनमा कुरा गर्दछन् । गाडी चलाउँदै हुनुहुन्छ वा तपाइँको हात अन्य काममै व्यस्त छ भने तत्कालका लागि कसैलाई फोन गर्ने तथा फोन उठाउने काम नगर्नुहोस् ।

मोबाइलमा कुरा गर्नैपरेको छ तर हातले मोबाइल अठ्याउने फुर्सद छैन भने कान र कुमले मोबाइल फोन चेँपेर कुरा गर्नुको साटो एयरफोनको प्रयोग गर्नुहोस् । यसरी लामो समयसम्म टाउको बंग्याएर फोनमा कुरा गर्दा गर्धनको दुखाइले पिरोल्न सक्छ । त्यसैले फोनमा कुरा गर्दाको समयमा गर्धन सिधा राख्नुपर्छ । (एजेन्सीको सहयोगमा)