१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र: गठबन्धनमा सहमत, कार्यव्यवस्था परामर्श समितिमा असहमत



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दलको बैठकमा एमसीसी संसद्मा टेबल गर्न सहमत भएको नेकपा (माओवादी केन्द्र) सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असहमत देखिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसद्मा एमसीसी टेबल गर्न सहमत हुनुभएको थियो । 

तर उहाँ सहमत भए पनि उहाँकै पार्टीका नेताहरु एमसीसीका सम्बन्धमा असहमत देखिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले एमसीसी संसद्मा टेबल गर्ने विषयमा असहमति प्रकट गरेका हुन् ।

उनीहरुले कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीलाई संसद्को कार्यसूचीमा  पार्ने विषयलाई लिखितरुपमै असमति प्रकट गरेका हुन् ।