६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल

सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पुर्याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पुर्याइने बताउनुभयो ।

सीमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको जानकारी दिनुभयो । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमताअनुसार काम गर्दै आएको बताउनुभयो ।

प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेत्री पियारी थापा, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, उपमेयर रेनुकुमारी काउचा मगर, स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायणध्वज मल्ल, प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विक, मेडिकल अधिकृत डा सन्देश मल्ल, धौलागिरि अञ्चल अस्पतालका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका नेता मञ्जेशवम मल्ल, संविधान सभा सदस्य पूर्णबहादुर राना, सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, जनमोर्चाका नेता टङ्कबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर खत्री, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष कमला ढकाललगायतले अस्पतलातको दिगो एवं प्रभावकारी व्यवस्थापनका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

तीन शय्याका लागि स्वीकृति पाएको भए पनि हाल अस्पतालमा १५ शय्या चालु अवस्थामा छन् । कूल आठ रोपनी जमिनमा रु सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक एक हजार २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

जनताको मन जित्ने गरी काम गर्न आग्रह

मुख्यमन्त्री पोखरेलले कांग्रेसका कार्यकर्तालाई जनताको मन जित्ने गरी क्रियाशील बन्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसका विभिन्न एकाइद्वारा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रियदेखि स्थानीय तहसम्मका समस्याको समाधान गर्ने पार्टीका रुपमा पार्टीले आफ्नो पहिचान बनाएको उल्लेख गर्दै जनताको भावना अनुसार पार्टी सङ्गठनलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक घटनाक्रम, राष्ट्रको आवश्यकताका कारण वर्तमान समयमा केन्द्र एवं प्रदेश सरकारमा कांग्रेसले नेतृत्व गरिरहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी लाग्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता मणिभद्र शर्मा कँडेलले जनताका हरेक समस्यामा कांग्रेस छ भन्ने अनुभूति हुने गरी जनस्तरसम्म पार्टी सङ्गठनलाई क्रियाशील गराउनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्रीको बागलुङ भ्रमणलाई लक्षित गरी नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङ, नेपाली कांग्रेस गलकोट नगरपालिका– ५ वडा कार्य समितिले छुट्टाछुट्टै रुपमा अगुवा कार्यकर्ता भेला राखेका थिए । मुख्यमन्त्रीले बिहीबार नै वडिगाड–२ वाग्लुङमा राना सेवा समाज सामुदायिक पर्यटकीय पूर्वाधार भवन निर्माणको शिलान्यास गर्नुभयो भने गलकोट नगरपालिका–९ पछुवामा सात वर्ष यता ठेक्का सम्झौता भएर पनि निर्माण बढ्न नसकेको पुलबारे स्थानीयसँग जानकारी लिनुभएको थियो ।