२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृतावस्थामा फेला



अ+ अ-

धादिङवेशी । धादिङको त्रिपुरासुन्दरीमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका छन् । त्रिपुरासुदरी गाउँपालिका– ३ मुलपानी आहालेमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन् ।

अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र श्रीमान विष्णुको शव भने घरबाहिर रहेको घटना स्थलबाट स्थानीयले बताएका छन् ।

उनीहरू दुवै जना हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।