२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो संसद सरकारसँग डराउने होइन सरकार संसदसँग डराउनुपर्छः गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस नेता गगन थापाले संसद सरकारसँग डराउने नभई सरकार संसदसँग डराउनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, "संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय सुरु भएको छ । यो अध्यायको सुखान्तको लागि सरकार र संसद दुबैसँग नयाँ अपेक्षाहरु रहेका छन् । संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने,जनताको दुहाइ दिने तर आसेपासेलाई पोस्ने, नयाँ सरकारलाई यस्ता कुराहरु गर्ने छुट छैन । 

यो संसदलाई वेवास्ता गर्न र कामबिहिन बनाउन छुट दिइने छैन । संसद सरकारसँग डराउने होइन सरकार संसदसँग डराउनुपर्छ । परीक्षा प्रधानमन्त्रीको मात्र होइन, सभामुख, प्रत्येक सांसदका छ । अब सभामुख र हाम्रो कर्मले संविधानप्रति गुमेको जनविश्वास पुनस्थापित गर्नुपर्नेछ ।"