२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो संसद सरकारसँग डराउने होइन सरकार संसदसँग डराउनुपर्छः गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस नेता गगन थापाले संसद सरकारसँग डराउने नभई सरकार संसदसँग डराउनुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, "संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय सुरु भएको छ । यो अध्यायको सुखान्तको लागि सरकार र संसद दुबैसँग नयाँ अपेक्षाहरु रहेका छन् । संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने,जनताको दुहाइ दिने तर आसेपासेलाई पोस्ने, नयाँ सरकारलाई यस्ता कुराहरु गर्ने छुट छैन । 

यो संसदलाई वेवास्ता गर्न र कामबिहिन बनाउन छुट दिइने छैन । संसद सरकारसँग डराउने होइन सरकार संसदसँग डराउनुपर्छ । परीक्षा प्रधानमन्त्रीको मात्र होइन, सभामुख, प्रत्येक सांसदका छ । अब सभामुख र हाम्रो कर्मले संविधानप्रति गुमेको जनविश्वास पुनस्थापित गर्नुपर्नेछ ।"