काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीनले अग्रता लिएको छ ।
डाइभिङको १० मिटर प्लेटफर्म महिला सिन्क्रोफाइज्डमा चेन झुयी र झांग जीगइले स्वर्ण पदक जिते पछि चीनले ८ स्वर्ण सहित पदक तालीकामा अग्रता लिएको हो । सो स्पर्धामा जेसिको पाराटो र डान्ले स्केनीले रजत तथा मेक्सिकोका अगुन्डेज गार्सीया र ओरोजा लोजो अलेजान्द्राले कांस्य पदक जिते ।
यस भन्दा अघि सुटिङको टिम पेस्तोलमा चीनले स्वर्ण, ओलम्पिक कमिटी अफ रुसले रजत तथा युक्रेनले कांस्य पदक जितेको हो । ट्रायथलनको महिला स्पर्धामा बर्मुडाकी डफी फ्र्लोराले स्वर्ण, बेलायतकी टेलर ब्राउनले रजत तथा अमेरिकाकी केटी जाफरले कांस्य दिक जिते ।
मङ्गलवार हुने अन्य यसै गरी महिला जिम्न्यास्टीकको टिम स्पर्धामा अमेरिका बलियो मानिए पनि अहिलेसम्म रुसी टोलीको अग्रता लिएको छ । सफ्टबलमा जापान र अमेरिका बिच फाइनल हुँदै छ ।
भारोत्तोलनका दुई स्पर्धामा नै चीनलाई बलियो मानिएको छ । यसै गरी सुटिङको टिम राइफलमा पनि चिन बलियो मानिएको छ ।
क्यानोइ, सालोम र महिला माउन्टेन बाइकको पदकको टुङ्गो मङ्गलवार नै लाग्ने छ । इक्वेस्ट्रियनको टिम ड्रसेजको पनि फाइनल खेल अहिले जारी नै रहेको छ । फेन्सिङको महिला टिम एपेमा दक्षिण कोरिया र इस्टोनीया फाइनल प्रवेश गरेका छन् । फाइनल खेल पनि मङ्गलवार नै हुने छ ।
सर्फीङको पुरुषमा ब्राजिल र जापान तथा महिलामा अमेरिका र दक्षिण अफ्रिकाका खेलाडी फाइनल प्रवेश गरेका छन् । यसको पदक टुङ्गो पनि मङ्गलवार नै लाग्ने छ । तेक्वान्दो र जुडोका दुई स्पर्धाका पनि टुङ्गो लाग्ने छ।
भारोत्तोलनका दुई स्पर्धा पनि मङ्गलवार नै हुने छ । यी दुवै स्पर्धामा चीनलाई उपाधिको दाबेदार मानिएको छ ।