२० असार २०८३, शनिबार
,
Latest
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः चिन फेरी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीनले  अग्रता लिएको छ ।

 डाइभिङको १० मिटर प्लेटफर्म महिला सिन्क्रोफाइज्डमा चेन झुयी र झांग जीगइले स्वर्ण पदक जिते पछि चीनले ८ स्वर्ण सहित पदक तालीकामा अग्रता  लिएको हो । सो स्पर्धामा जेसिको पाराटो र डान्ले स्केनीले रजत तथा मेक्सिकोका अगुन्डेज गार्सीया र ओरोजा लोजो अलेजान्द्राले कांस्य पदक जिते । 

यस भन्दा अघि सुटिङको टिम पेस्तोलमा चीनले  स्वर्ण, ओलम्पिक कमिटी अफ रुसले  रजत तथा युक्रेनले कांस्य पदक जितेको हो । ट्रायथलनको महिला स्पर्धामा बर्मुडाकी डफी फ्र्लोराले स्वर्ण, बेलायतकी टेलर  ब्राउनले रजत तथा  अमेरिकाकी केटी जाफरले कांस्य दिक जिते । 

मङ्गलवार हुने अन्य यसै गरी महिला जिम्न्यास्टीकको टिम स्पर्धामा अमेरिका बलियो मानिए पनि अहिलेसम्म रुसी टोलीको अग्रता लिएको छ । सफ्टबलमा जापान र अमेरिका बिच फाइनल हुँदै  छ  । 

भारोत्तोलनका दुई स्पर्धामा नै चीनलाई बलियो मानिएको छ । यसै गरी सुटिङको टिम राइफलमा पनि  चिन बलियो मानिएको छ । 
 
क्यानोइ, सालोम र  महिला माउन्टेन बाइकको पदकको टुङ्गो मङ्गलवार नै लाग्ने छ ।  इक्वेस्ट्रियनको टिम ड्रसेजको पनि फाइनल खेल अहिले जारी नै रहेको छ । फेन्सिङको महिला टिम एपेमा दक्षिण कोरिया र इस्टोनीया फाइनल प्रवेश गरेका छन्  । फाइनल खेल पनि मङ्गलवार नै हुने छ । 

सर्फीङको पुरुषमा ब्राजिल र जापान  तथा महिलामा अमेरिका र दक्षिण अफ्रिकाका खेलाडी फाइनल प्रवेश गरेका छन् । यसको पदक टुङ्गो पनि मङ्गलवार नै लाग्ने छ । तेक्वान्दो र जुडोका  दुई स्पर्धाका पनि टुङ्गो लाग्ने छ। 

भारोत्तोलनका दुई स्पर्धा पनि मङ्गलवार नै हुने छ । यी दुवै स्पर्धामा चीनलाई उपाधिको दाबेदार मानिएको छ ।