२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः चिन फेरी शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा चीनले  अग्रता लिएको छ ।

 डाइभिङको १० मिटर प्लेटफर्म महिला सिन्क्रोफाइज्डमा चेन झुयी र झांग जीगइले स्वर्ण पदक जिते पछि चीनले ८ स्वर्ण सहित पदक तालीकामा अग्रता  लिएको हो । सो स्पर्धामा जेसिको पाराटो र डान्ले स्केनीले रजत तथा मेक्सिकोका अगुन्डेज गार्सीया र ओरोजा लोजो अलेजान्द्राले कांस्य पदक जिते । 

यस भन्दा अघि सुटिङको टिम पेस्तोलमा चीनले  स्वर्ण, ओलम्पिक कमिटी अफ रुसले  रजत तथा युक्रेनले कांस्य पदक जितेको हो । ट्रायथलनको महिला स्पर्धामा बर्मुडाकी डफी फ्र्लोराले स्वर्ण, बेलायतकी टेलर  ब्राउनले रजत तथा  अमेरिकाकी केटी जाफरले कांस्य दिक जिते । 

मङ्गलवार हुने अन्य यसै गरी महिला जिम्न्यास्टीकको टिम स्पर्धामा अमेरिका बलियो मानिए पनि अहिलेसम्म रुसी टोलीको अग्रता लिएको छ । सफ्टबलमा जापान र अमेरिका बिच फाइनल हुँदै  छ  । 

भारोत्तोलनका दुई स्पर्धामा नै चीनलाई बलियो मानिएको छ । यसै गरी सुटिङको टिम राइफलमा पनि  चिन बलियो मानिएको छ । 
 
क्यानोइ, सालोम र  महिला माउन्टेन बाइकको पदकको टुङ्गो मङ्गलवार नै लाग्ने छ ।  इक्वेस्ट्रियनको टिम ड्रसेजको पनि फाइनल खेल अहिले जारी नै रहेको छ । फेन्सिङको महिला टिम एपेमा दक्षिण कोरिया र इस्टोनीया फाइनल प्रवेश गरेका छन्  । फाइनल खेल पनि मङ्गलवार नै हुने छ । 

सर्फीङको पुरुषमा ब्राजिल र जापान  तथा महिलामा अमेरिका र दक्षिण अफ्रिकाका खेलाडी फाइनल प्रवेश गरेका छन् । यसको पदक टुङ्गो पनि मङ्गलवार नै लाग्ने छ । तेक्वान्दो र जुडोका  दुई स्पर्धाका पनि टुङ्गो लाग्ने छ। 

भारोत्तोलनका दुई स्पर्धा पनि मङ्गलवार नै हुने छ । यी दुवै स्पर्धामा चीनलाई उपाधिको दाबेदार मानिएको छ ।