२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्ड घर जाँदै, फ्रान्स मोरक्कोको सामना गर्दै: फोटो फिचर



अ+ अ-

साविक विजेता फ्रान्सले कतारमा जारी विश्वकप फुटबलमा इङ्ल्यान्डलाई २–१ गोल ​​अन्तरले पराजित गर्दै पाखा लगाएको छ ।

१७औँ मिनेटमा डिबक्स बाहिरबाट ओरेलियन चौमेनीले प्रहार गरेको गोलले इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डलाई बिट गर्दै फ्रान्सले अग्रता लिएको थियो ।

दोस्रो हाफको शुरुवातसम्म दुवै पक्षबीचको खेल तुलनात्मक रुपमा समान रह्यो । जब इङ्ल्यान्डका फरवार्ड बुकायो साकालाई फ्रान्सेली बक्समा लडाइयो, ५४ औँ मिनेटमा कप्तान ह्यारी केनले पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुवै पक्षले अग्रता पुनः प्राप्त गर्न कडा संघर्ष गरे । इङ्गल्याण्डको सेन्टर–ब्याक ह्यारी म्यागुइरको बार–किसिङ हेडर सहित धेरै गोल मिस भए ।

तर फ्रान्सका कीर्तिमानी गोलकर्ता ओलिभर जिराउडले ७८ औँ मिनेटमा हेडरमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

इङ्ल्यान्डले दोस्रो पेनाल्टी पाउँदा केनले केही समयमै बराबरी गर्ने मौका पाएका थिए तर ८४ औँ मिनेटमा बल बारको माथिबाट निकाले ।

पेनाल्टी क्षेत्रबाहिर धेरै अन्य अवसरहरू देखिए । अन्तिम मिनेटको फ्रिकिकको बावजुद मार्कस रासफोर्ड गोलमा रूपान्तरण गर्न असमर्थ हुँदा फ्रान्सले बुधबार मोरक्कोसँग खेल्ने गरी इङ्ल्यान्डलाई खाली हात घर पठायो।

 

 

 

 

 

 

 

तस्बिर सौजन्य : अलजजिरा